राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकारको माग

२०७७ पुष ७ गते, मंगलवार

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा रहेका विभिन्न १६ वटा संघसंस्थाहरुले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् । उनीहरुले देशलाई गम्भीर संकटबाट जोगाउन राजसंस्थासहितको सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेकाहुन् ।
१६ वटा राष्ट्रभक्त संघसंस्थाहरुका तर्फबाट आजजारी संयुक्त विज्ञप्तिमा असंवैधानिक तरिकाले संसद विघटन भएकाले विद्यमान व्यवस्था र संविधान असफल भएको निष्कर्ष निकालिएको छ । सरकार र नेतृत्व पंक्तिसमेत असक्षम साबित भएको निष्कर्ष ती संस्थाहरुले निकालेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘वर्तमान बहुमतिय सरकारबाट अपारदर्शी, निरकुंश, अधिनायकवादी र असंवैधानिक कदमहरु चालिएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द्व, अवान्छिनीय चलखेल समेतका कारण राष्ट्रिय स.कट बढ्दै जाने आँकलन गरी सर्व पक्षीय सहमती नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुनः अस्थिर राजनीति र अनिर्णयको बन्दीहुने देखिएको छ । इतिहास त्यही रुपमा दोहोरिदैन २१ औं शताब्दीमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राजसस्थासहितको प्रजातन्त्र” वैकल्पिक राजनैतिक अवधारणा हो ।’’
ती संघसंस्थाहरुले अहिलेको अवस्थामा निर्वाचनमा जानु भनेको बिदेशीलाई खुसी पार्नु, देश र जनतालाई ऋण र करको थप बोझमा दबाउनु भएको तर्क गरेका छन् । देशलाई सनातन सस्कृति र संवैधानिक प्रबल राजसस्था र प्रजातन्त्र नै २१ औं नेपालको पहिचान, विकास र स्वाधिनताको लागिऔचित्यपुर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमाल, पहाड र तराईका सम्पुर्ण राष्ट्रवादी, देशभक्तलगायत प्रजातन्त्र प्रेमीहरु नेपालको राष्ट्रिय झण्डामा गोलबद्ध हुन अपिलसमेत गरेका छन् ।

319 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal