राजसंस्था र हिन्दुराष्ट्रको मागसहित विहीबार माइतीघरमा प्रदर्शन

२०७७ मंसिर २४ गते, बुधबार

काठमाडौ । सनातन संस्कृति समाज नेपालले देशलाई राजसंस्थासहितको हिन्दुराष्ट्र बनाउन अभियानलाई गति दिने बताउँदै सात बुँदे मागको घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समाजले सरकारलाई मागबारे ध्यानाकर्षण गराउन २५ मंसिर बिहिबार माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको हो ।
७ बुँदे मागपत्र सार्वजनिक गर्दै अध्यक्ष हरिबोल भट्टराईले हिन्दुराष्टको औचित्यमाथि प्रकाश पारे । भोलि मागबारे ध्यानाकर्षण जनाउने कार्यक्रममा सहभागी हुन आव्हान समेत गरे । सर्व धर्म सभभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने भट्टराईको माग थियो ।
उनले वीर पुर्वजले आर्जन गरेको देवभुमी तपोभुमी अखण्ड नेपालको राष्टिय अखण्डताको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले मुलुक र राष्ट्रको निर्माण संस्कृतिबाट भएको उल्लेख गर्दै संस्कृति जोगियो भने मात्रै राष्ट्र जोगिने तर्क गरे । उनले भने,‘विदेशीको पैसामा केही नेताले नेपालको संस्कृति बेचे ।’
त्यसैगरी समाजका उपाध्यक्ष विष्णु भट्टराईले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दुराष्ट्रको विकल्प नभएको बताए । संविधानमा हिन्दुराष्ट्र हटाएर संस्कृतिमाथि पाखण्डीपन देखाएको आरोप लगाए । अहिलेको व्यवस्था नेपाली जनताको हुनै नसक्ने भन्दै उपाध्यक्ष भट्टराईले क्रिष्चियनहरुको दबदबा फैलाएर सनातन धर्मको नष्ट गर्न खोजिएको जिकिर गरे ।
सहअध्यक्ष तारानाथ लुईटेलले नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको तर्क गरे । अब राजा, जनता र सेना मिलेर देश बचाउँनुपर्ने उनको भनाई छ । विदेशीको पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष बनाइएको उनको आरोप छ । अब धर्मनिरपेक्ष खारेज गरेर राजासहितको हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने उनले बताए ।

स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेम विक्रम सिलवालले हिन्दुवादीको आन्दोलनमा सबै एकजुट हुनुपर्ने बताए । समृद्ध नेपालको लागि राजसंस्थाको आवश्यक रहेको सिलवालको भनाई थियो ।
हिन्दुराष्ट्र स्थापना नभएसम्म धर्मयुद्ध नरोकिने रामराज्य परिषदको घोषणा
काठमाडौं, २३ मंसिर । रामराज्य परिषदले मुलुकलाई संकटबाट जोगाउनका लागि धर्मयुद्ध अनिवार्य भएकाले हिन्दुराष्ट्र स्थापना नभएसम्म नरोकिने बताएका छन् । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले संविधानसभाले बनाएको संविधान मुलुकको हितमा नभएकाले अहिलेको राजनीतिक व्यवस्थालाई धर्मयुद्धमार्फत् परिवर्तन ल्याउने संकल्प गरिएको बताएको छ । परिषदले नयाँ संविधानले जातीय भेदभाव, भ्रष्टाचार, भागबण्डा, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र जस्ता विकृति स्थापित गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष जगतबहादुर थापाले आफूहरुको धर्मयुद्ध अहिलेको व्यवस्थाको अन्त नभएसम्म नरोकिने बताए । उनले देशको धर्म संस्कृतिमाथि प्रहार गरी अस्तित्व संकटमा पारिएकाले सबै एकजुट भई देशलाई बचाउनुपर्ने बताए । संघिय व्यवस्थाको विकल्प तत्काल खोज्नुपर्ने बेला आएको उनको भनाई थियो । सरकारले जनताको सेवा गर्न छोडेर शाषन गर्नतिर केन्द्रित भएको थापाको आरोप छ । अहिले मुलुक महाविपतको अवस्थामा रहेको भन्दै उनले यो व्यवस्था नै असफल भएको जिकिर गरे । नेपाललाई भञ्ष्टाचारमुक्त बनाउनका लागि अहिलेको व्यवस्था नै खारेज गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।
त्यसैगरी, उपाध्यक्ष तिलकप्रसाद रिजालले दुइ तिहाई बहुमतको सरकार असफल भएको बताए । वर्तमान सरकारबाट कोही पनि सन्तुष्त नभएको भन्दै उनले मुलुकमा विदेशी दलालको सक्रियता बढेको बताए । व्यवस्था बदलिए पनि अवस्था नबदलिएका कारण अब चुप लागेर बस्न नहुने बताए ।

कार्यक्रममा समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपालमा सनातन हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने बताए । २०६२÷६३ सालको आन्दोलनले ल्याएको परिवर्तन नै गलत भएको भन्दै निरौलाले अहिलेको संविधान पनि असंवैधानिक भएको जिकिर गरे । अब नेपालको माटो सुहाउँदो राज्यव्यवस्थाको आवश्यकता रहेको उनको भनाई छ ।

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal