राजसंस्थाको पुर्नवहालीको माग गर्दै मंसिर २६ गते राजधानीमा शक्ति प्रदर्शन
काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको मागगर्दै शक्तिप्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलनअन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो ।
पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाई बिदेशी दलाल र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।
चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध गरे । ‘यो देशमा कोहि पनि सामन्ती छैन राजतन्त्रले नेपाली जनतालाई सामन्ती गरेको छैन, राजा कुनै सामन्ती होइन राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो, ’उनले भने । उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपीशर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरुले २६ गतेको कार्यक्रम केपी ओलीलाई च्यालेन्ज गर्न राखेका हौ ।’
मल्लले राजा र राजतन्त्र सबैको साझा हो भन्दै राजतन्त्र पुःनबहाली गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्, ‘अब देशमा ज्ञानेन्द्र शाहको नेतृत्व हुनुपर्छ ।’ प्रचण्डले १७ हजारको ज्यान मारेको जिम्मा लिन्छु भन्दाभन्दै प्रचण्डलाई मानवताविरुद्धको गम्भीर अपराधबाट जोगाइएको आरोप लगाइन । उनले नेताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त पैसालाई राष्ट्रियकरण गरि रोजगारी सृजना गर्नमा लगाउने बताइन् ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





