अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला

२०७७ मंसिर २१ गते, आईतवार

एजेन्सी÷वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।
नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ ।
इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ ।
नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस् । अन्तरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ ।
मूला प्लान्ट ह्याबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीब्र रुपमा बढ्छ र जेनेटिक रुपमा अन्तरिक्षमा धेरैजसो अध्ययन गरिने बिरुवा अराबिडोप्सिस जस्तै हुन्छ । मूलालाई एड्भान्स प्लान्ट ह्याबिटेटमा फलाइन्छ । एड्भान्स प्लान्ट ह्याबिटेट बोटबिरुवाको शोधको विकासको चेम्बर हो ।

396 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal