फेरियो लकडाउन मोडालिटी : असार १ गतेदेखि के खुल्छ के खुल्दैन ? (सूचीसहित)

२०७७ असार १ गते, सोमबार

काठमाडौं : लकडाउनको ८० औं दिनमा सरकारले मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारको २१ दिने योजना सार्वजनिक गरेका हुन्।

योजना अनुसार अत्यावश्यकबाहेक उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। सँगै सरकारले खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन्।

खोल्न मिल्ने क्षेत्र र व्यवसाय 
-फोहोरमैला व्यवस्थापन,

-विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन,

-बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा,

-नर्सरी र वन जन्य उद्यम खुला भएको छ। (कृषिकै अंगको रुपमा चल्ने भएकाले खुला गरिएको हो),

-विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत आयोजना निर्वाध सञ्चालन गर्ने,

-नदी तथा खानी जन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला,

-रेष्टुरेन्ट खान ल्याउर सेवा लिन सकिन्छ। प्याकिङ खान परिवारसँग खान सकिन्छ  र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन,

-क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने,

-सरकारी कार्यालय,

-शिक्षण संस्थाका कार्यालय,

-गैरसरकारी संस्थाका कार्यालय (सबै कार्यालय यातायात र कार्यस्थलमा सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्नेछ। कार्यालय दुई सिफ्ट  बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म) पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ,

-जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवगमनका लागि सञ्चालन गरिने। यसरी सञ्चालन हुने सवारी साधनको  सिटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाइने छ। गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ,

-सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्नेछ।

-यी सबै निर्णय असार १ गतेदेखि लागू हुनेछन्।

सञ्चालनमा रोक लगाएका १३ क्षेत्र 
मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरे पनि विभिन्न क्षेत्र सञ्चालन गर्न नदिने भएको छ। अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ। खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन्।

सञ्चालन नहुने क्षेत्र

-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र),

-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,

-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार,

-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,

-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

-सपिङ महल,

-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

-सबै धार्मिक तथा सार्वजनिक स्थलहरु,

-यात्रुबाहक सवारी साधन (त्यसमा पर्यटक सवारी साधन समेत),

-काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने। अन्य क्षेत्रमा यो निर्णय लागू नहुने।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय गरेको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय रेको हो।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal