गोरखामा १६५ बेडको आइसोलेशन बनाउने, सदरमुकाममै १०० बेडको आइसोलेशन

२०७७ जेष्ठ २७ गते, मंगलवार

गोरखा । गोरखा सदरमुकाममा एकसय शैयाको आइसोलेशन तयार गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सोमबार आयोजित स्थानीय तहहरुको समन्वय बैठकमा एकसय शैयाको आइसोलेशन बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।

‘वल्डक्यापिटल स्कूल, गोरखा क्याम्पसलगायत उपयुक्त स्थानमा एकसय बेडको आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय भएको छ’, उनले भने, ‘त्यहाँ रहेका व्यक्तिको उपचारको व्यवस्थापन कार्य गोरखा अस्पतालको समन्वयमा व्यवस्थापन समितिमार्फत गर्ने निर्णय भएको छ ।’

त्यस्तै पालुङटार, आरुघाट, मकैसिङ र जौबारीमा पनि १०, १० शैयाको क्वारेण्टाइनसहितको आइसोलेशन निर्माण गर्ने निर्णय भएको छ । सम्बन्धित स्थानीय तहको व्यवस्थापन र त्यहाँस्थित सामुदायिक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको निगरानीमा क्वारेण्टाइन सहितको आइसोलेशन बनाउने निर्णय भएको उनले बताए । आइसोलेशन स्थल निर्माणमा नेपाली सेनाले सहयोग, समन्वय र सुरक्षाको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
जिल्ला भरिको आइसोलेशन व्यवस्थापन तथा सञ्चालनका लागि जिल्ला स्तरीय कोभिड १९ व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ ।

‘जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहेको समिति गठन गर्ने निर्णय भएको छ’, उनले भने, ‘सो समितिको नियन्त्रण तथा निर्देशनमा सञ्चालन गर्ने गरी प्रत्येक स्थानीय तहबाट पाँच लाख रुपैयाँ संकलन गरी जिल्ला स्तरीय कोभिड १९ व्यवस्थापन कोष खडा गर्ने पनि निर्णय भएको छ ।’ सो कोषमा यसअघि प्राप्त भएको रकम समेत राख्ने निर्णय भएको रोकाले बताए ।

‘व्यवस्थापन समितिको नियन्त्रण र निर्देशनमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तोकिएको लेखापाल र व्यवस्थापन समितिको सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने आलेप तथा अन्तिम लेखा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’, उनले भने ।

कोरोनाबाट मृत्यू भएकाको अन्तिम संस्कार गर्न सम्बन्धित पालिकाले उपयुक्त स्थानको छनौट गर्ने र स्थानीय प्रशासनको समन्यमा नेपाली सेनाले अन्तिम संस्कार गर्ने पनि बैठकले निर्णय गरेको छ ।

259 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal