प्रधानमन्त्री रोजगार कार्यक्रम : कामदार बन्न नेकपाको सदस्य हुनुपर्ने !
प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भए मात्र पाउने नत्र नपाउने गरी नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको भन्दै उक्त अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेस मालारानी-४ खनले माग गरेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एक्लौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एक्लौटी बनाएर आर्थिक पारदर्शिता नगरेको भन्दै नेपाली कांग्रेस मालारानी-४ खनले वार्ड कार्यालयले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनीति गरेको र नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलार्इ कार्यक्रमबाट बञ्चित गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
विकासका योजनाहरुमा आफ्ना नजिकका आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरेको, सुचीकृत भएका निर्माण कम्पनी तथा कनट्रक्सनलाई खबर नै नगरेको जस्ता बुँदाहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । योजना तथा समग्र वडाको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गरेको नदेखिएको पनि ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।
ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाई बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुले कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





