प्रधानमन्त्री रोजगार कार्यक्रम : कामदार बन्न नेकपाको सदस्य हुनुपर्ने !
प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भए मात्र पाउने नत्र नपाउने गरी नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको भन्दै उक्त अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेस मालारानी-४ खनले माग गरेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एक्लौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एक्लौटी बनाएर आर्थिक पारदर्शिता नगरेको भन्दै नेपाली कांग्रेस मालारानी-४ खनले वार्ड कार्यालयले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनीति गरेको र नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलार्इ कार्यक्रमबाट बञ्चित गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
विकासका योजनाहरुमा आफ्ना नजिकका आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरेको, सुचीकृत भएका निर्माण कम्पनी तथा कनट्रक्सनलाई खबर नै नगरेको जस्ता बुँदाहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । योजना तथा समग्र वडाको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गरेको नदेखिएको पनि ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।
ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाई बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुले कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





