घर लैजाउ भन्दा श्रीमानले श्रीमतिलाई लगाए क,रेन्ट!

२०७९ असार ६ गते, सोमबार

पछिल्लो दुई सातादेखि अस्पतालको बेडमा रहेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका २ की राधिका कार्कीको अवस्था गम्भीर छ। उनी बोल्नै सक्दिनन् । केहि बोल्न खोजे पनि उनको आँखाबाट आँशु बग्न थाल्छ।

उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् । उनको शरीरका विभिन्न भाग करेन्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा क,रेन्ट लगाएको उनले बताएकी छिन् ।

सि,किस्त भएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि मात्रै उनको होस खुलेको छ । थोरै कुरा गर्न सक्ने अवस्थामा आएकी छिन् उनी । यद्यपी कुरा गर्ने क्रममा उनी भक्कानिन्छिन् । र, उनको आँखाबाट आँशु बग्छ । त्यसपछि उनी अगाडि बोल्नै सक्दिनन् ।

अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन् ।

एक वर्षअघि २२ वर्षीया राधिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर निवासी २८ वर्षीय अरुण साहसँग विवाह भएको थियो । दुबैले एकअर्कालाई मन पराउन थाले । यसपछि दुबैले विवाह नै गरे ।

विवाहपछि अरुणले राधिकालाई जनकपुरधाम ल्याए । थापा चोकमा कोठा भाडामा लिएर दुबै बस्न थाले । यस क्रममा राधिका जानकी मेडिकल कलेजमा काम गर्न थालेकी थिइन् ।

१६ जेठमा उनले लैजान अरुणलाई आग्रह गरिन् । तर यो आग्रह वि,वादमा परिणत भयो । ‘घर लैजाउ भन्नेवित्तिकै रिसमा आएर मेरो शरीरमा बिजुलीको नाङो तारले करेन्ट लगाए’ उनी भन्छिन्, करेन्ट लगाउँदा बे,होस भएँ । अस्पतालसम्म कसरी आएँ मलाई पनि थाहा छैन् ।’

करेन्ट लागेको जानकारी पाएपछि प्रहरीले नै उनलाई अस्पतालमा भर्ना गराएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्री बताउँछन् ।

क,रेन्ट लगाएर अरुण फरार भएको भन्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । ‘राधिकाका एक जना भाइ यहाँ आएका छन् ।

तर, लिखित जाहेरी हालसम्म कसैले दिएका छैनन्’ क्षेत्रीले भने, हामीले आफ्नोस्तरबाट अन्य अनुसन्धान गरिरहेका छौं ।’

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal