युवतीहरुलाई प्रयोग गरेर ब्ल्या,कमेल गरेको अभियोगमा ६ जना प,क्राउ !

२०७९ असार ४ गते, शनिबार

युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई प,क्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अ,पराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार विभिन्न ठाउँमा आपराधिक लाभ लिन योजनाबद्ध तरिकाले महिलाहरूको समूह नै परिचालन भइरहेको भन्ने खबर प्रहरीले पाएको थियो।

सामाजिक सञ्जालमार्फत् चिनजान गरी सम्पर्क नम्बर आदानप्रदान गरी भेटघाट गर्ने र भेटेपछि झूटा मुद्दा लगाएर फसाई रकम असुली गर्ने गरेको खबर थियो।

त्यसअनुसार कार्यालयले अपरेसन ‘हनी ट्र्याप’ सञ्चालन गर्‍यो। अपरेसन सञ्चालनको क्रममा गिरोहका ६ जनाको संलग्नता देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। प,क्राउ पर्नेहरूमध्ये दुई युवती र अन्य पुरूष छन्।

भक्तपुर घर भई काठमाडौंको पेप्सीकोला बस्ने १९ वर्षीया निकिता केसी, खोटाङ घर भई तार्केश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा, दोलखा घर भई ललितपुर नखिपोट बस्ने २५ वर्षीय निमा लामा, काभ्रे घर भई कोटेश्वर बस्ने १८ वर्षीया मनिषा परियार, सुनसरी घर भई चक्रपथ बस्ने ३० वर्षीय सन्जिब दर्जी र दोलखा घर भई नख्खिपोट बस्ने ३० वर्षीय पासाङ लामा पक्राउ परेका छन्।

यो हनी ट्र्यापिङको मुख्य योजनाकार भने निमा र पासाङ हुन्। उनीहरूकै योजनामा दुई जना युवतीलाई प्रयोग गरी रकम असुली गरिरहेको खुलेको छ। यस आपराधिक क्रियाकलापमा निकिता नक्कली पत्रकार बन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले आफूलाई पत्रकार भनेर चिनाउने र समाचार लेख्ने बहाना बनाएर मान्छे भेट्ने गर्थिन्। यता डिकबहादुर पनि कहिले समाजसेवी त कहिले वकिल भनेर आफूलाई चिनाउँथे। उनीहरूले विशेषगरी पुरूष व्यक्तिलाई छान्थे। छान्नुअघि त्यस्ता व्यक्तिहरूको व्यक्तिगत विवरण खोजी गर्थे।

कुनै मानिसबाट रकम असुली गर्नुपरे ती व्यक्तिमाथि सुरूमा निगरानी राख्ने, त्यसपछि उनीहरूको घर, ठेगाना, कार्यालय तथा सवारीसाधनको समेत विवरण पत्ता लगाउने गरेको प्रहरीले जनाएको छ। ती विवरणहरू एउटा डायरीमा लेखेर राख्थे।

त्यसरी चिनजान गरेर ती दुबै किशोरीले कुनै रेष्टुरेन्टमा बोलाउने गर्थे। रेष्टुरेन्टमा भेटघाट गरेपछि भने आफूहरूमाथि पुरूषले जबरजस्ती गरेको भन्दै हल्लाखल्ला गर्थे।

‘दुई जना केटीहरूले रेष्टुरेन्टमा बोलाउने गर्थे। त्यसपछि त्यहाँ उनीहरूले आफूहरूमाथि जबरजस्ती गर्न खोजेको भन्दै होहल्ला गर्ने गर्थे, कोइरालाले भने,त्यसपछि पासाङ, निमा, सञ्जिब लगायतहरू हाम्रा बहिनीहरूलाई के गर्न खोजेको भन्दै धम्क्याउने रहेछन्।’

त्यसरी ब्ल्याकमेल गरेर मानसिक दबाबमा पारी उनीहरूले रकम असुली गरिरहेको प्रहरीको भनाइ छ। प,क्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal