मेयर हर्क साम्पाङ डिउटीका नगरप्रहरीलाई खाजा र पानी बोकेर पुग्दा…..
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रको सुरक्षामा नियमित रुपले खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् ।
नियमित रूपले पहरामा रहेका नगरप्रहरीहरुको लागि आवश्यक पर्ने खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए । खटिएका नगर प्रहरीहरुले पनि मेयर सम्पाङलाई काम गर्ने शिलशिलामा आफूलाई परेका समस्याहरूका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।
साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि भन्दाभन्दै पनि कोही कसैले अटेर गरे वा जबर्जस्ती गरेमा गाडीको नम्बर नोट गर्न र आफूलाई खबर गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् ।
मेयर साम्पाङ्गले अरु नगरप्रहरीको आवश्यकता नरहेको समेत बुझेका थिए । धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।
नगरप्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ । अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





