डा. खनालको सपनीमा आउने रहर वोलको गीत सार्वजनिक
काठमाडौं । गीत संगीत जीवनका अनन्त सहयात्रिहरु हुन् भन्दा परक पर्दो रहेनछ । यसबाट बनेको सांगितीक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ । गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तम खनाललाई लिन सकिन्छ । खनाल अध्ययनका हिसावले अर्थशास्त्र विषयका एउटा चिर परिचित अर्थ विज्ञका रुपमा रहनुभएको छ ।
नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रिय जर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित रहँदै आउनु भएको छ त्यसरी नै उहाँको कलमले साहित्यको क्षेत्रलाई छोड्न सकेको छैन । बरु उहाँले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरु रचना गर्दै जानु, कविता लेख्नु पनि अर्को विशेषता रहेको छ । डा. खनालको गीति यात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाण्डौका मनराजा नकर्मी र झापा जिल्लाकी पवित्रा वलिले सहयोग गर्दै आउनु भएको छ । मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकार रुपमा कार्यरत हुनुहुन्छ भने अहाँले सयौं मर्मस्पर्शी गरेर आम सांगितिक क्षेत्रमा चिर रिचित हुनुहुन्छ ।
झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी एवं रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण पश्चात लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व पवित्रा वलिले साथ दिएकी छन् । “सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मन मिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक भएको छ । यसमा पवित्रा वलिको निकै मिठो स्वर सुनिएको छ भने शब्द र संगीतले थपेको मिठासपन अविस्मरणिय रहेकाले मनमा बस्न सफल हुनेछ । यो गीतको सफलताका लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै गीत सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोला ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





