डा. खनालको सपनीमा आउने रहर वोलको गीत सार्वजनिक

२०७९ असार २ गते, बिहीबार

काठमाडौं । गीत संगीत जीवनका अनन्त सहयात्रिहरु हुन् भन्दा परक पर्दो रहेनछ । यसबाट बनेको सांगितीक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ । गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तम खनाललाई लिन सकिन्छ । खनाल अध्ययनका हिसावले अर्थशास्त्र विषयका एउटा चिर परिचित अर्थ विज्ञका रुपमा रहनुभएको छ ।
नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रिय जर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित रहँदै आउनु भएको छ त्यसरी नै उहाँको कलमले साहित्यको क्षेत्रलाई छोड्न सकेको छैन । बरु उहाँले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरु रचना गर्दै जानु, कविता लेख्नु पनि अर्को विशेषता रहेको छ । डा. खनालको गीति यात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाण्डौका मनराजा नकर्मी र झापा जिल्लाकी पवित्रा वलिले सहयोग गर्दै आउनु भएको छ । मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकार रुपमा कार्यरत हुनुहुन्छ भने अहाँले सयौं मर्मस्पर्शी गरेर आम सांगितिक क्षेत्रमा चिर रिचित हुनुहुन्छ ।
झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी एवं रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण पश्चात लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व पवित्रा वलिले साथ दिएकी छन् । “सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मन मिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक भएको छ । यसमा पवित्रा वलिको निकै मिठो स्वर सुनिएको छ भने शब्द र संगीतले थपेको मिठासपन अविस्मरणिय रहेकाले मनमा बस्न सफल हुनेछ । यो गीतको सफलताका लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै गीत सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोला ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal