नेपाल ७ विकेटले विजयी

२०७९ असार १ गते, बुधबार

काठमाडौं । करण केसीले पाँच विकेट लिनुका साथै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ७ विकेटले हराएको छ ।

करणले ३३ रन दिएर पाँच विकेट लिएपछि टेक्ससको ह्युस्टनस्थित मूसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि नेपालले १६४ रनको लक्ष्य ३३।१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

यससँगै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने ओमान लक्ष्य पूरा हुन सकेन । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १५ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । २३ खेलबाट २१ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

१६४ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि बनेको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल र आसिफकै नाममा ६६ रनको कीर्तिमान थियो ।

साथै, यो नेपालकै दोस्रो ठुलो साझेदारी पनि हो । एकदिवसीय अन्तर्राष्ट्रियमा देब खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि बनाएको १२९ रनको साझेदारी नै सबैभन्दा ठुलो हो । देब र दीपेन्द्रसिंहले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध उक्त साझेदारी गरेका थिए ।
कुशलले ७५ बलमा ५ चौकासहित ५६ रन बनाए । आसिफले ८६ बलमा ७ चौका र एक छक्कासहित ६२ रन बनाएका थिए । देब खानलले १० रन बनाउँदा रोहितकुमार पौडेलले अविजित २६ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal