नेपाल ७ विकेटले विजयी

काठमाडौं । करण केसीले पाँच विकेट लिनुका साथै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ७ विकेटले हराएको छ ।
करणले ३३ रन दिएर पाँच विकेट लिएपछि टेक्ससको ह्युस्टनस्थित मूसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि नेपालले १६४ रनको लक्ष्य ३३।१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।
यससँगै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने ओमान लक्ष्य पूरा हुन सकेन । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १५ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । २३ खेलबाट २१ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।
१६४ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि बनेको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल र आसिफकै नाममा ६६ रनको कीर्तिमान थियो ।
साथै, यो नेपालकै दोस्रो ठुलो साझेदारी पनि हो । एकदिवसीय अन्तर्राष्ट्रियमा देब खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि बनाएको १२९ रनको साझेदारी नै सबैभन्दा ठुलो हो । देब र दीपेन्द्रसिंहले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध उक्त साझेदारी गरेका थिए ।
कुशलले ७५ बलमा ५ चौकासहित ५६ रन बनाए । आसिफले ८६ बलमा ७ चौका र एक छक्कासहित ६२ रन बनाएका थिए । देब खानलले १० रन बनाउँदा रोहितकुमार पौडेलले अविजित २६ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।
ताजा

बिहेमा रिवाज अनुसार दूध पिलाउदा खिचेको आमा छोराको भाइरल फोटोको बास्तबिकता यस्तो..भिडियो सहित॥
२०७९ असार १६ गते, बिहीबार
बिहेमा रिवाज अनुसार दूध पिलाउदा खिचेको आमा छोराको भाइरल फोटोको बास्तबिकता यस्तो..भिडियो सहित॥
२०७९ असार १६ गते, बिहीबार
हर्क साम्पाङले एक महिनामा गरेको धरानको विकास ।
२०७९ असार १६ गते, बिहीबार
पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन ।
२०७९ असार १६ गते, बिहीबार
अन्धो माया बसेपछि यस्तो हुने रैछ, ६५ बर्षको उमेरमा १८ बर्षकी युवती सङ्ग एक वर्षको प्रेमपछि गरे बिहे …
२०७९ असार १६ गते, बिहीबार
अन्धो माया बसेपछि यस्तो हुने रैछ, ६५ बर्षको उमेरमा १८ बर्षकी युवती सङ्ग एक वर्षको प्रेमपछि गरे बिहे …
२०७९ असार १६ गते, बिहीबार
पढ्नका लागि उमेरले छेक्दैन ६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना…..
२०७९ असार १५ गते, बुधबार
पढाएर ठुलो मान्छे बनाउछु भन्नुहुन्थ्यो मामुले,त्यो मा;र्ने मान्छेलाई नि फाँ;सी दिनु पर्यो भन्दै रोए, दिलमायाका छोरा….
२०७९ असार १५ गते, बुधबार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कृष्ण बहादुरकार्कीद्वारा कुर्सी हस्तान्तरण
२०७९ असार १५ गते, बुधबार
मन्दिर सुन्दरेश्वर विश्वको अनौठो मन्दिर ॐ स्वाच्छ मनले मागेको कुरा २४ घण्टा भित्र पुरा हुनेछ।
२०७९ असार १५ गते, बुधबार
छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबुआमा खुशीले पटक पटक रोए छोरी दुई सन्तानकी आमा समेत बनीसकेकी रहिछन्।
२०७९ असार १५ गते, बुधबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार