धरान उपमहानगर’ पालिका’का मेयर हर्क साम्पाङ स्था’नीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिए!

२०७९ जेष्ठ ३१ गते, मंगलवार

धरान उपमहानगर’पालिका’का मेयर हर्क साम्पाङ स्था’नीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् । उनि सुक्र’बार दिँउसो प्रचण्ड गर्मी’को प्रभाव नगरि धरान उप’महानगरपालिका वडा नं ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा त’स्करी रोकेका छन् ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरु’लाई सम्झाएर अब देखि यो खोलामा कुनै पनि सामा’ग्री लिन नआउनु भनि एक पटकका लागि मा’फी दिदै छाडिएका थिए ।

पुनः खोला दोहनका लागि आएमा कानून अनुसार का’र्वाही गर्ने मेयर साम्पाङले चेतावनी पनि दिए । केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए ।शुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।

आफ्ना केही सहयोगी र नगरप्रहरीका साथमा सो खोला पुगेका उनले खोलाबाट ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर नि’यन्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाएका थिए ।

अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोला र चुरे दोहन रोक्न खोज्दा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गु’ण्डा लगाई उनी र उनको समूहमाथि आ’क्रमण भएको थियो ।

अवैधरुपमा ढुङ्गा, मिक्स गिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि त’स्करी मौलाएको स्थानीयले मेयर साम्पाङ लाई जानकारी समेत गराएका छन् ।

उनिहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को वि’रोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गु’माएको जानकारी मेयर साम्पाङलाई गराएका छन् ।

उनिहरुले मेयर साम्पाङ’लाई कडाईका साथ खोला दोहन र तस्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।मेयर साम्पा’ङका अनुसार सो खोला ठेक्कामा लगाइए’पनि ठेक्का र’द्द गराईएको छ । आफ्नो देश र बाटो बेचर नगरवासी’लाई सुःख दिन नसकिने मेयर साम्पा’ङले बताए ।

त्यस’कारण आउदो आर्थिक बर्षमा धरानका कुनै पनि खोलाबाट खोलाजन्य सामाग्री निकालेर बेच्नका लागि खोला ठेक्का नै नलाएको उनले बताए । उनले आफ्नो ५ बर्षे कार्यकालभरी खोला ठेक्का नै नलगाउने घोषणा पनि गरेका छन् ।खोला’बाट धरान उपमहानगर’पालिकालाई यसअघि जे जति आम्दानी हुन्थियो, सो अन्य स्रोतबाट जुटाउने आफ्नो योजना रहेको उनले बताए ।

चुरे क्षेत्र र खोलको दोहन रोकेर धरान’मा कृर्षीसंग सम्बन्धि साना तथा ठूला उद्योगहरु स्था’पना गरि संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । ती उद्योगमै खोलामा दैनिक मज’दुरी गर्नेहरु’लाई पनि रोज’गारको व्यवस्था गर्ने उनले सुनाए । आफ्नो यस योजनालाई आउने आर्थिक बर्षबाट कार्य प्रारम्भ गर्ने उनको भनाई छ ।-प्रदेशपोटलबाट

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal