नेपाल ओमनसँग १३ रनले पराजित

२०७९ जेष्ठ २७ गते, शुक्रबार

काठमाडौं । बिहीबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानसँग १३ रनले पराजित भएको छ ।
अमेरिकामा टेक्ससको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । मक्सुदले शतक बनाएपछि ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर १९८ रनमात्र बनाउन सक्यो ।
नेपालका आरिफ शेखले ६६ रन बनाए पनि अन्यले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा हार टर्न सकेन । देब खनालले ३४, रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र डेब्यू गरेका सुनिल धमलाले १२ रन बनाए । करण केसी ८ र सन्दीप लामिछाने २ रन बनाएर पवेलियन फर्किए । ओपनर सुवास खकुरेल ३ रन बनाएर आउट भएका थिए ।
ओमानका मक्सुद र खवार अलीले समान तीन विकेट लिए । विलाल खानले दुई विकेट लिँदा आयान खानको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमान एक समय १०० रनको योगफल वरिपरी सिमित हुने स्थितिमा थियो । तर, कप्तान मक्सुदले उत्कृष्ट इनिङ्स खेलेपछि ओमान सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । ओमान एक समय ८६÷५ को स्थितिमा थियो । ओपनर कश्यप प्रजापति शून्यमा पवेलियन फर्किदा जतिन्दर सिंह ११ रनमा आउट भएका थिए । शोएब खान २७ र मोहम्मद नादीम एक रन बनाएर आउट हुँदा ओमान ५५–४ को स्थितिमा थियो ।
नेपालले अब दोस्रो खेल अमेरिकाविरुद्ध शनिबार राति प्रतिस्पर्धा गर्नेछ ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal