बालेनले काठमाडौंबासीसँग मागे क्षमा

२०७९ जेष्ठ २४ गते, मंगलवार

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी दिनमा कुहिने र नकुहिने नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन्। मंगलबार फेसबुकमार्फत मेयर शाहले यस्तो जानकारी दिएका हुन्। नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने उनले स्पष्ट पारेका छन्। यसबाट पर्न सक्ने असुविधाका लागि महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने उनले बताएका छन्।
‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निःसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दुःखका लागि क्षमाप्रार्थी छौँ। साथै कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ,’ मेयर शाहले भनेका छन्।

फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन। समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन। यसैले हामी आग्रह गर्छौं कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ।’

फोहोरको जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरबासी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउने उनको भनाइ छ। मेयरले फेसबुकमा भनेका छन्, ‘जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन। अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौं, तपाईंहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ।’

महानगरले पहिलेका कमजोरी वा गल्तीहरु नदोर्यार्उने र फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने उनले बताएका छन्। ‘हामी यति विश्वास दिलाउन चाहन्छौं कि तपाईंले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन। तपाईंले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याई ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन। यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।’

मंगलबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल–बन्चरेडाँडा लैजान दिने सहमति जुटेको छ। सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर छ।

महानगरपालिकाले अबदेखि फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्ने सोमबारको सहमतिपत्रमा उल्लेख छ। उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइने सहमतिपत्रमा उल्लेख छ। त्यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरिने पनि सहमति भएको छ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal