कार्तिक पाँचमा फस्र्ट फ्लाएर्स फिल्म अवार्ड

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौं । काठमाडौं । फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९ आगामी कार्तिक ५ गते बिराटनगरमा आयोजना गरिने भएको छ । पहिला २४ बैशाखमा तय गरिएको अवार्ड स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा ०७६, ०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरु सहभागी हुने छन् ।
प्रतिस्पर्धी फिल्मबाट उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री,उत्कृष्ट निर्देशक,उत्कृष्ट फिल्म, उत्कृष्ट संगीतकार, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व गायिका,उत्कृष्ट कथा, पटकथालगायत लाइफ टाइम अचिभ्मेन्ट अवार्ड,पब्लिक च्वाइस अभिनेता,अभिनेत्री,जुरी गरी जम्मा २३ बिधामा अवार्ड प्रदान गरिने जानकारी आयोजना संस्थाले दिएको छ ।
मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको जानकारी आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले दिएका छन् । ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्म तथा कलाकार पहिलो प्राथमीकतामा पर्दैनन् । त्यहाँ नेपाली फिल्मको बजार सन्तोषजनक छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ,’ साइमनले भन्छन् ।
अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रबिन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजबंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि शिबाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रबिन राजबंशी, ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । भब्य रुपमा आयोजना गरिने अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति, भेषभुषा,संस्कार तथा पहिचान झल्काउने बिभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्धारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार तथा संचारकर्मीलाई बिराटनगर लगिने छ ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal