पार्टीभित्रको अन्तर्घातका कारण ५० सिट कम आयोः प्रवक्ता महत

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीभित्रको अन्तर्घातका कारण कम्तीमा पनि ५० सिट कम जितेको बताएका छन् । अन्तर्घात कांग्रेसभित्रको सबैभन्दा विषालु रोग बनेकोमा चिन्ता प्रकट गर्दै उनले यस्तो बताएका हुन् ।
‘गठबन्धन भएको ठाउँमा त अर्को पार्टीको चिन्हमा भोट दिएनन् । तर एक्लै लडेको ठाउँमा पनि आफ्नै उम्मेदवारलाई भोट नदिने,’ कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले भने, ‘अन्तर्घात नभएको भए कम्तीमा पनि अरू ५० गाउँ नगर प्रमुख हाम्रो विजय सुनिश्चित हुन सक्थ्यो ।’

यस्तै प्रवक्ता महतले दोहोर्‍याएर टिकट दिएर उम्मेदवार बनाएका अधिकांश ठाउँमा पनि पार्टी हारेको बताए । ‘स्थानीय तहको निर्वाचनबाट सिक्नुपर्ने पाठ जहाँ हामीले दोहोर्‍याएर उम्मेदवारी दिएको छौँ । जितेको पनि छ । तर धेरै ठाउँमा हारेको छ,’ उनले भने ।

जिम्मेवारीमा पुग्दा जनताका आवश्यकता र आकांक्षाहरू धेरै रहेको राम्रो गर्ने ठाउँ कम रहेकाले नवनिर्वाचितहरूले यसबाट शिक्षा लिनुपर्ने उनले बताए । गठबन्धन सिद्धान्ततः मेल खाने नभए पनि शुद्ध प्राविधिक र रणनीति कुरा भएको प्रवक्ता महतले टिप्पणी गरे ।
उनले भने, ‘यो शुद्ध प्राविधिक रणनीतिक कुरा हो । हामीले नगरे अर्को गठबन्धन हुन्छ । त्यसो भए के हुन्छ ? यसबारे केन्द्रीय समितिमा छलफल गरेर सर्वसम्मत निर्णय भएको हो ।’

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal