कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ लाई अवार्ड

२०७९ जेष्ठ १५ गते, आईतवार

काठमाडौं । विश्व चर्चित फिल्म फेस्टिभलमध्ये एक कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मले पनि अवार्ड जित्न सफल बनेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभल २०२२ मा निर्देशक अभिनाश विक्रम शाहको ‘लोरीः मेलनकोली अफ माई मदर्स ललाबाइज’ ले ‘स्पेसल मेन्सन सर्ट फिल्म अफ द इयर’ को अवार्ड प्राप्त गर्न सफल बनेको हो ।

शनिबार (२८ मे) मा भएको ७५औं कान्सको समापन समारोह (क्लोजिङ सेरेमनी)मा लोरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिनका लागि निर्देशक शाह स्वयंम् उपस्थित भएका थिए । ‘लोरी’ एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई लोरी सुनाउँदै सुताउन खोज्छिन् । तर, जब छोरी आफ्नो निन्द्राबाट ब्युँझिन्छिन् सत्य केही भयावह हुन्छ । यसको स्क्रिप्ट स्वयंम् शाहले नै लेखेका हुन् ।

फिल्मका मुख्य पात्र अंकिता यादव, प्रीति झा र सुजिता शाह हुन् । कान्स फिल्म फेस्टिभलका विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको थियो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकोमा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् । यस विधाको मुख्य अवार्ड चिनियाँ निर्देशक जियानिङ चेनको निर्देशन रहेको ‘द वाटर मर्मस’ ले जित्न सफल बनेको हो ।

यी दुवै निर्देशकले आ–आफ्नो अवार्ड लिएपछि सँगै ‘फोटोकल’ फोटो पनि खिचाएका छन् । शाहको ‘लोरी’ १४ मिनेट लामो छ । स्क्रिप्ट राइटिङको पनि खुबी भएका उनको फिल्म मेकिङको यात्रा करिब एक दशक पुगेको छ । नेपाली चलचित्र ‘चौखत’ले कान्समा स्क्रिनको मौका पाइसके पनि मुख्य प्रतियोगिताको विधामा पर्ने पहिलो चलचित्र भने शाहको ‘लोरी ः मेलनकोली अफ माई मर्दस ललाबाइज’ नै हो ।
यही वर्षको कान्समा पहिलोपटक नेपाली कलाकारले पनि रेड कार्पेटमा वाक गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री सुरक्षा पन्त आफ्नो अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ को तर्फबाट कान्समा सहभागी भएकी हुन् ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal