कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ लाई अवार्ड

२०७९ जेष्ठ १५ गते, आईतवार

काठमाडौं । विश्व चर्चित फिल्म फेस्टिभलमध्ये एक कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मले पनि अवार्ड जित्न सफल बनेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभल २०२२ मा निर्देशक अभिनाश विक्रम शाहको ‘लोरीः मेलनकोली अफ माई मदर्स ललाबाइज’ ले ‘स्पेसल मेन्सन सर्ट फिल्म अफ द इयर’ को अवार्ड प्राप्त गर्न सफल बनेको हो ।

शनिबार (२८ मे) मा भएको ७५औं कान्सको समापन समारोह (क्लोजिङ सेरेमनी)मा लोरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिनका लागि निर्देशक शाह स्वयंम् उपस्थित भएका थिए । ‘लोरी’ एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई लोरी सुनाउँदै सुताउन खोज्छिन् । तर, जब छोरी आफ्नो निन्द्राबाट ब्युँझिन्छिन् सत्य केही भयावह हुन्छ । यसको स्क्रिप्ट स्वयंम् शाहले नै लेखेका हुन् ।

फिल्मका मुख्य पात्र अंकिता यादव, प्रीति झा र सुजिता शाह हुन् । कान्स फिल्म फेस्टिभलका विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको थियो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकोमा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् । यस विधाको मुख्य अवार्ड चिनियाँ निर्देशक जियानिङ चेनको निर्देशन रहेको ‘द वाटर मर्मस’ ले जित्न सफल बनेको हो ।

यी दुवै निर्देशकले आ–आफ्नो अवार्ड लिएपछि सँगै ‘फोटोकल’ फोटो पनि खिचाएका छन् । शाहको ‘लोरी’ १४ मिनेट लामो छ । स्क्रिप्ट राइटिङको पनि खुबी भएका उनको फिल्म मेकिङको यात्रा करिब एक दशक पुगेको छ । नेपाली चलचित्र ‘चौखत’ले कान्समा स्क्रिनको मौका पाइसके पनि मुख्य प्रतियोगिताको विधामा पर्ने पहिलो चलचित्र भने शाहको ‘लोरी ः मेलनकोली अफ माई मर्दस ललाबाइज’ नै हो ।
यही वर्षको कान्समा पहिलोपटक नेपाली कलाकारले पनि रेड कार्पेटमा वाक गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री सुरक्षा पन्त आफ्नो अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ को तर्फबाट कान्समा सहभागी भएकी हुन् ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal