२ दिन बिदाले स्वास्थ्य र शिक्षामा प्रतिकूल असरः राजकुमार जोशी

२०७९ जेष्ठ १३ गते, शुक्रबार

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका नेता राजकुमार जोशीले शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पारेको भन्दै, तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । ‘साताको दुई दिन बिदा दिने सरकारको निर्णयले स्थानीय तहमा प्रतिकूल असर पारेको देखिन्छ । विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही र विद्यार्थीमाथि नकारात्मक प्रभाव परेको छ । पाँचथरका भुईँ तहबाट हामीले यस्तै प्रतिक्रियाहरु प्राप्त गरेका छौं,’ राप्रपा पाँचथरका नेता जोशीले बिहीबार भने ।
नयाँ व्यवस्था लागू भएपछि, स्थानीय तहमा स्वास्थ्य चौकीहरु शनिबार र आइतबार बन्द रहने गरेकोले स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाट स्थानीय जनताहरु वञ्चित भएको उनको भनाइ छ । ‘एक्कासी आएको नयाँ व्यवस्थाले विद्यार्थीहरुको पठनपाठनको नियमिततामा अवरोध सिर्जना भएको छ,’ उनले भने । ‘यसैकारण स्वास्थ्य र शिक्षाको क्षेत्रमा दुई दिनको बिदाबाट उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ जोशीले भने । उनले जनताको ढाड भाँच्ने पेट्रोलियम पदार्थको अव्यवहारिक मूल्य वृद्धि फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

278 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal