२ दिन बिदाले स्वास्थ्य र शिक्षामा प्रतिकूल असरः राजकुमार जोशी

२०७९ जेष्ठ १३ गते, शुक्रबार

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका नेता राजकुमार जोशीले शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पारेको भन्दै, तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । ‘साताको दुई दिन बिदा दिने सरकारको निर्णयले स्थानीय तहमा प्रतिकूल असर पारेको देखिन्छ । विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही र विद्यार्थीमाथि नकारात्मक प्रभाव परेको छ । पाँचथरका भुईँ तहबाट हामीले यस्तै प्रतिक्रियाहरु प्राप्त गरेका छौं,’ राप्रपा पाँचथरका नेता जोशीले बिहीबार भने ।
नयाँ व्यवस्था लागू भएपछि, स्थानीय तहमा स्वास्थ्य चौकीहरु शनिबार र आइतबार बन्द रहने गरेकोले स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाट स्थानीय जनताहरु वञ्चित भएको उनको भनाइ छ । ‘एक्कासी आएको नयाँ व्यवस्थाले विद्यार्थीहरुको पठनपाठनको नियमिततामा अवरोध सिर्जना भएको छ,’ उनले भने । ‘यसैकारण स्वास्थ्य र शिक्षाको क्षेत्रमा दुई दिनको बिदाबाट उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ जोशीले भने । उनले जनताको ढाड भाँच्ने पेट्रोलियम पदार्थको अव्यवहारिक मूल्य वृद्धि फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

250 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal