काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए । त्यस्तै नेकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए । जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कठायत पराजित भएका थिए ।

त्यसपछि मेयरको तयारी गरिरहेका उनलाई काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली काँग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । उनले २ हजार ८ सय ८ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १ हजार ६ सय ३३ मत ल्याइन् । चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन् ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal