कीर्तिपुरमा एमालेबाट कांग्रेसले खोस्यो मेयर

२०७९ जेष्ठ २ गते, सोमबार

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्।
एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्। उनले ९ हजार ४३ मत ल्याए। यस्तै बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्।
नकर्मी यसपालि कांग्रेसबाट काठमाडौं उपत्यकामा मेयर जित्ने दोस्रो व्यक्ति हुन्। यसअघि दक्षिणकाली नगरपालिकामा मोहन बस्नेतले मेयर जितेका थिए।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाएकी छन्।
शाक्य जनता समाजवादी पार्टी ९जसपा०की नेता हुन्। उनले रूख चिन्हबाट चुनाव लडेकी थिइन्।
कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ। कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal