बर्दियाको गुलरियामा कांग्रेस दोब्बर मतले अगाडि

२०७९ बैशाख ३१ गते, शनिबार

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोब्बर मतले अग्रता लिएका छन् । कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९ सय ५४ मत ल्याएर आफूलाई पछ्याइरहेका उम्मेदवार भन्दा दोब्बर मतले अग्रता लिएका छन् ।

गुलरिया नगरपालिकाको मेयरमा कांग्रेसलाई एमालेका अमरबहादुर खड्काले पछ्याइरहेका छन् । उनले ४ सय ५७ मत प्राप्त गरेका छन् । माओवादीका मेयर उम्मेदवार गेहेन्द्रप्रसाद ढकालले १ सय ८७ मत ल्याएर तेस्रो नम्बरमा छन् ।
जनमत पार्टी यो पालिकामा चौथो नम्बरमा छन् । जनमतका मेयर उम्मेदवार मंगरे गोडियाले ४३ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेस उम्मेदवार सावित्रा गौतमले ९ सय ५३ मत ल्याएकी छन् । एमालेकी टिकाकुमारी समसेली मगरले ४ सय ५८ र माओवादीकी इन्दिरा सुवेदीले १ सय ७३ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी राजापुर नगरपालिकामा पनि नेपाली काँगेसका मेयर पदका उम्मेदवार दीपकजंग शाह पनि अगाडि नै रहेका छन् ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal