मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार रुपैयाँ उपचार खर्च पाउने

२०७८ चैत्र १७ गते, बिहीबार

काठमाण्डौ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई सरकारले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ ।
औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।

गएको १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबाट यो रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । अब स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गर्नेछ । लगत संकलन पछि नाम अध्यावधिक गरिने छ र त्यो तथ्याङ्क पालिकाले स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसपछि बिरामीको खातामा रकम पठाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आउँदो बैशाख महिनादेखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी भएको छ । तर लगत संकलनका लागि समय लाग्ने र स्थानीय तहको चुनाव पनि नजिकिएकाले बैशाख महिनादेखिनै लागू हुने सम्भावना कम छ । कार्यविधिअनुसार सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले तीन÷तीन महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने छन् ।

यस्तै, सरकारबाट उपलव्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले यो भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने छ । यस्तै एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता पाउने छैनन् । यसअघि २०७४ सालमा सरकारले यी रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च दिने घोषणा भएको थियो । तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal