नविन प्रयोगबाट सयौं युवालाई रोजगार दिँदै उद्यमी बास्तोला

२०७८ चैत्र ४ गते, शुक्रबार

काठमाडौं । ‘उठाउ माटो लगाउ टिको देशको नाउँमा, सुनको लंका लुकेको हुन्छ तन्देरी पाउमा’ यो स्वदेश गानको हरफहरु जस्तै आफ्नो युवा पाखुरी आफ्नै देशका बारीहरुमा बजारेर सुन फलाउनका लागि लागी परिरहेका थोरै कर्मठ नेपालीहरुमध्यको एक नाम हो युवा उद्यमी बिष्णु वास्तोला ।
उनले नेपालमा केही गर्न सकिदैन भनेर निरास भएर विदेश पलायन हुने गरेका युवाहरुलाई आफ्नो लागि मात्र होइन चाह्यो भने अरुका लागि पनि रोजगारीको अवसर सृजना गर्न सकिन्छ भनेर गतिलो उदाहरणको झापड पनि हानेका छन् । वाइनरी स्टडीज विषयमा नै अध्ययन गरेर लामो समयसम्म किवीजस्तो महंगो फलको वाइनमाथिको सम्भावना अध्ययन गर्नुका साथै आफै पनि केही उद्योगहरुमा कार्य गरी अनुभव सँगालेर धनकुटा जिल्लाको राजारानीलाई रोजेर विदेशी वाइन बजारलाई उछिन्ने सुकिलो सपना बोकेर लागि परेका बास्तोला र उनका साथीहरुले झण्डै साढे तीन सयभन्दा बढीलाई रोजगार दिइरहेका छन् । यो क्षेत्रमा आफू सफल हुनुको पछाडि उनी आफ्नो दक्षता र अनुभवलाई दिन्छन् । हुन पनि उनीसँग अन्तराष्ट्रिय स्तरमा आफैले काम गरेको अनुभव भएकोले पनि यो व्यवसाय सञ्चालन गर्दा अरु सञ्चालकले जस्तो दक्ष जनशक्तिको अभावको समस्या भोग्नु परेको छैन ।


विदेशी वाइनहरुले वजार सर्लक्कै निलेको र विदेशी वाइन पिउँदा नै आफूलाई ठूलो सम्झने नेपालीहरु वाइन पारखीहरुको माझ स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न आँट गर्नु चानचुने होइन । तर पनि हिम्मत नहारी हाम्रो बजारमा राम्रो कुरा दिन लागिपरेका छन् । उनको यही उत्साह र उमंंगलाई मर्न नदिन स्थानीय सरकारले पनि स्थानीय स्तरमा किवी खेती लगाउन प्रेरित गरिरहेको छ भने सरकारले नै किवीका विरुवा स्थानीय किसानलाई बाँडेर यो खेतीका लागि प्रोेत्साहन गरिरहेको कुरा बताउँछन् ।
रातो किवीबाट रेड वाइन र हरियो किवीबाट ह्वाइट वाइन गरी दुई किसिमका वाइन वजारमा ल्याइरहेको एभरेष्ट वाइनरी प्रा.लि फरक स्वादमा भएकोेले पनि विस्तारै विस्तारै नेपालीहरुको प्रिय वाइन बन्ने र सबैको रोजाइमा पर्ने कुरामा आशावादी छ । एभरेष्ट वाइनरी प्रा.लि.मा वास्तोला नै कार्यकारी निर्देशक रहेका छन् ।
उनी यो क्षेत्रमा हचुवाको भरमा हाम फालेका पनि होइनन् । भारतको नासिकको करिब तीन महिनाको ट्रेनिङ पश्चात जापानमा नब्बे दिनको स्पेशल तालिममा प्लान्टेशनदेखि हार्भेष्टिङसम्म र प्रोसेसिङदेखि बोटलिङसम्मकै प्रशिक्षण लिएका थिए । त्यसपछि चीनका उद्योगहरुमा करिब तीन महिनाको बसाइ र सिकाइका साथै युरोपका केही देशहरुमा भएका वाइन उद्योगहरुको अध्ययन पश्चात आफूलाई निखारेर यो व्यापारिक रणमैदानमा उत्रिएका हुन् ।
पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, भोजपुर, धनकुटा आदि जिल्लाबाट वाइन कच्चा पदार्थ किवी आउने गरेको र ती किवी कृषकको उचित वजार प्रबन्धनमा पनि टेवा दिइरहेको फ्याक्ट्रीले सोचेअनुरुप आफ्नो व्यवसाय फैल्याउँदै गएमा हजारौ नेपाली युवाहरुलाई रोजगारी सृजना गर्नेमात्रै होइन आफ्नै देशमा नै केही गर्नुपर्छ भन्ने जिउँदोजाग्दो उदाहरण पनि बन्नेछ । यसले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपमा देशको अर्थतन्त्रको विकासमा टेवा मात्रै खेलेको छैन अपितु सयौं युवाहरुलाई विदेशी भूमीमा गएर आफ्नो भविष्य बर्वाद पार्नबाट पनि जोगाएको छ । नेपाली माटो सुहाउँदो नेपाली स्वादको वाइन नेपालीहरुको आफ्नो वाइन बनोस् र यो नविन प्रयोगले नेपालमात्र होइन सारा विश्वमा आफ्नो बजार फैल्याउन सकोस अर्थ सवाल साप्ताहिकको करोडौ मुरी शुभकामना ।

263 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal