‘बरु फोहोरी भनेको सहन्छु तर समाजसेवा गर्न छोड्दिन’

२०७८ फाल्गुन ८ गते, आईतवार

गंगा बराल
काठमाडौं ३० मैतिदेवी बस्ने राधेश्याम मिश्रलाई कहिलेकाहीँ सामाजिक सेवा गरेन भनें राम्रोसँग निन्द्रा लाग्दैन । समाजमा नै धेरै समय बिताउने उनी मैतिदेवीतिर दिनहुँ हिँडिरहन्छन् । आफूले सकेको गरौं र समाजलाई केही दिउँ भन्ने सोचेका उनलाई समाजबाट बाहिर गएर एक्लो जीवन बिताउन सम्भव पनि छैन ।
बाहिर वातावरण बिग्रँदै गएको र फोहोरमैलाले सडक कुरुप बन्दै गएपछि उनमा केही गरौं भन्ने सोच आयो र आफ्ना मिल्ने साथीहरुसँग सल्लाह गरेर उनले २०७४ सालमा वातावरणमैत्री समाज गठन गरे । वातावरण जोगाउनुका साथै समाजका प्रत्येक विषयवस्तुमा सहभागी भएर योगदान दिने उद्येश्यले गठन गरिएको यो समाजबाट गरेका कामले उनी खुशी छन् । ‘सुरुमा के होला, कसो होला भन्ने लागेको थियो, सामाजिक काम गर्दै गएपछि हाम्रो जिम्मेवारी बढ्यो र अरु दायाँबायाँ गर्न नै सकिएन’ उनी भन्छन् ‘धेरैले किन यसरी काम गरेको, समाजसेवा गरेर तलाई खान पुग्छ र ? पनि भने मैले त्यस्ता कुरालाई खासै वास्ता गरिन ।’ उनले आफूहरुले गरेको कामबाट समाजले केही पाएको अनुभूति गरेका छन् । सामाजिक काम गर्न गाह्रो छ, मान्छेको चित्त बुझाउन सकिँदैन भन्ने पनि उनलाई राम्रो थाहा छ तर पनि उनी यो कामलाई नछोड्नुको पछाडिको कुरा भनेको उनको आत्मविश्वास र लगनशीलता नै हो । मिश्रले अभियान चलाउन थालेपछि अरुले पनि समर्थन गर्दै आए । मानिसलाई बुझाउन गाह्रो भएको अनुभव उनी सुनाउँछन् । कति पटक स्थानीयलाई वातावरण बचाउन र फोहोर जथाभावी नफ्याल्न आग्रह गर्दा पनि नमानेको उनको भनाई छ । ‘म र हामी एक्लैले मात्र गरेर केही हुँदैन, समाजको विकासमा सबैको उत्साहपूर्ण सहभागिता चाहिन्छ त्योचाहिँ पाइएन’ उनले भने ‘कसले के भन्छ र के गर्छ भन्नेतिर अब म लाग्दिन, एक्लै भए पनि नेतृत्व गरेर आफ्नो लक्ष्य पूरा गरेर नै छोड्छु ।’ जथाभावी फोहोर फ्याल्ने गरेका कारण मैतिदेवी वरपर सडक नै अवरोध भएको र मानिसहरु नाक छोपेर हिँड्नुपर्ने अवस्था आएको उनको भोगाई छ । आफूहरुले निरन्तर खवरदारी र सचेतनाका कार्यक्रम गरेपछि त्यो समस्या हल भएको उनी बताउँछन् । बेलुका रात पर्दै गएपछि र बिहान उज्यालो हुनुभन्दा अघि मानिसहरुले फोहोर बाटोमा फ्याल्ने गरेका कारण धेरै समय मिश्रसहित केहीले बेलुका र बिहान खवरदारी गरेर सडकमै समय बिताएका छन् । ‘मानिसहरु केही दिन फोहोर आफ्नो घरमा व्यवस्थापन गर्न चाहँदैनन्, फोहोर उठाउने गाडी एक दिन ढिलो आए बाटामा ल्याएर लुकेर फ्यालिदिन्छन्’ मिश्रले भने ‘ कमसेकम एक दिन त घरभित्रै फोहोर राखेर व्यवस्थापन गर्छु भन्ने पनि सोच्दैनन् मान्छेहरु ।’


मिश्रले आजसम्म २ सय ५५ हप्ता सरसफाई अभियान चलाएको बताए । वडा नम्बर ३० का साथै वडा नम्बर ५, ७ र अन्य वडामा पनि गएर सक्रियता देखाएको उनको भनाई छ । जहाँ गएर उनीहरुले काम गर्छन् त्यसपछि त्यो समुदायले फेरि पनि बोलाउने गरेको छ । हरेक शनिबार बिहान सरसफाई गर्ने समाजको योजना हो । मिश्रले झण्डै १ हजार रुखविरुवा रोपिएको जनाए । वातावरण राम्रो बनाउन बोटविरुवा लगाउनुपर्ने र जसका कारण वातावरण स्वच्छ हुन्छ भन्ने बुझेका उनले यससम्बन्धी विज्ञलाई बोलाएर समेत कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बेलाबेला सल्लाह गर्दै आएका छन् । उनले कहिलेकाहीँ रक्तदान पनि आयोजना गरेका छन् । ‘सामाजिक काममा लागेपछि यो गर्ने र त्यो नगर्ने भन्ने नै हुँदो रहेनछ, जे आइलाग्छ त्यसलाई समाधान गर्नतिर लाग्छौं’ उनले जोशका साथ भने ‘कि लाग्नै हुँदैनथ्यो, अब लागेपछि काम छोड्न सकिएन ।’ उनले वडा, काठमाडौं महानगरपालिका र सरकारको सहयोग भए आफूहरुको योजना थप प्रभावकारी हुने आशा गरेका छन् । आर्थिक संकटले कतिपय योजनाहरु भए पनि सम्पन्न गर्न समस्या भएको उनको भनाई छ ।


कोरोनाको पहिलो लहरमा मानिसहरु घरबाट निस्किन डराउने गरेको बेलामा पनि उनी वडातिर सचेतना बाँड्दै हिँडेका थिए । उनी आफूलाई पनि डर भए पनि बाध्यताले सडकमा निस्किनुपरेको बताउँछन् । उनले धेरैलाई कोरोना परीक्षण गर्नुपर्छ र लापरबाही गरेको खण्डमा आफ्नोमात्र होइन अरुको पनि ज्यान जोखिममा पर्न सक्छ भन्ने सन्देश बाँडे । लकडाउनका कारण मानिसको दैनिकी कष्टकर बन्दै गएपछि राहतस्वरुप चामल, दाल, नुन, चिनी पनि वितरण गरे । सुरुमा आफूहरुले नै पैसा उठाएर राहत वितरण गरेको भए पनि पछिल्लो दिनमा केही दाताहरुले पनि सहयोग गरेको उनले स्पष्ट पारेका छन् । विभिन्न ठाउँमा पुगेर मास्क र सेनिटाइजर बाँडेका उनले समाजसेवा गरेबापत केही पाइएला भन्ने सोचेका पनि छैनन् । उनले आगामी दिनमा अन्य जिल्लामा पनि पुगेर विभिन्न प्रकारका सहयोग गर्ने योजना बनाएका छन् । ‘भोलि चुनावमा उठेर नेता भइएला कि भनेर अहिले सेवा गरेको होइन, मैले यसलाई आफ्नो कर्तव्य सम्झेको छु’ उनी भन्छन् ‘बरु फोहोरी नै भनेको सहन्छु तर समाजसेवा गर्न छोड्दिन ।’

164 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal