काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला

२०७८ फाल्गुन ६ गते, शुक्रबार

काठमाण्डौ । काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् ।

शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीले उतै रोकिएको प्रहरीले जनाएको छ ।

‘हामीले साइकललाई समेत यो रुटमा प्रवेशमा रोक लगाएका छौँ, अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी छ’ एक प्रहरीले भनेका छन् । काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। आज बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडाइ पारिएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal