प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्नेे चेतावनी
काठमाडौं । स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो ।
अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । उनले भने,‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन तत्काल फिर्ता लिइयोस्, एक हप्ताभित्र फिर्ता नलिए देशव्यापी आन्दोलनमा जानेछौं ।’ विचौलियाहरुको स्वार्थले सेटिङ पुरा नभएर बारमार्फत् आन्दोलन गरिएको आरोप लगाए । यायालयको न्याय सम्पादन हुन लागको बेलामा पुनः कार्यपालिकाले स्वतन्त्र न्यायपालिकाप्रति नांगो हस्तक्षेप गरेको तर्क गरे । स्वतन्त्र न्यायपालिकाको चिरहरण गरेको दिन ‘कालो दिन’को दिन रुपमा फागुन १ गते मनाउने पनि उनले जानकारी दिए ।
नेपाल बारले गर्दै आएको आन्दोलन र सर्वोच्चभित्रै गर्दै आएको आन्दोलनले न्यायालयलाई बन्धक बनाएको अवस्थामा न्यायालयलाई स्वतन्त्र हिसाबले सञ्चालन गर्न स्वतन्त्र कानुन व्यवसायी समाजको स्थापना गरेको सुनाए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपालको न्याय क्षेत्रलाई ध्वस्त बनाउने गरी भएका गतिविधिले अराजक स्थिति निम्त्याएको बताए । उनले न्याय क्षेत्रलाई बलात्कार गरिएको टिप्पणी गरे । जनताको न्यायको आशाको केन्द्र भएको न्यायालयलाई विचौलीयाले क्रिडाक्षेत्र बनाएको आरोप चन्दले लगाए । महाभियोग आफैमा गलत भएको र त्यसले सर्वोच्च अदालतको गरिमामा क्षति पुर्याउने बताए । चन्दले भने,‘महाभियोगको पुर्व योजना के थियो ? ल्याउनुपर्ने कारण के थियो ? १९ जना वकिलहरुले किन मुद्दा नहेरेको अवस्थामा महाअभियोग किन ल्याउन सकेनन् ?’
एक जनामात्र बृहस्पतीको रुपमा रहेका चोलेन्द्र शमशेर जबरालाई बलीको बोको बनाइएको तर्क गरे । महाभियोग लगाएर न्याय क्षेत्रलाई तर्साउन खोजेको टिप्पणी गरे ।
वरिष्ठ अधिवक्ता डा.पृथ्वीनारायण राईले जबराविरुद्ध महाभियोग दर्ता भएको दिन फागुन १ गतेलाई कालो दिन घोषणा गर्ने बताए । न्याय क्षेत्रमा भइरहेको भ्रष्टाचारको स्वरुप परिवर्तन गरिएको टिप्पणी गरे । उनले न्यायापालिकामा भ्रष्टाचारको विरुद्धमा कथित आन्दोलन भएको तर्क गर्दै भने,‘ बारको गतिविधिको स्वरुपलाई बुझेर जनता अगाडि बढ्न थालेपछि आलोचना सहन नसकेर ४÷५ जना सिमित भएको अवस्थालाई फेरी ब्युँताएर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।’
देउवा सरकार कानुन त गठन नभएको भन्दै प्रधानन्यायाधीशको आदेशले गठित भएको सरकारले उनलाई नै महाभियोग लगाउन नहुने तर्क गरे । उनले भने,‘यो सरकारले जति पनि ढाटछल गरेको छ त्यो सबै उदांगिन थालेपछि गरिएको प्रपञ्च हो यो ।’ उनले जताततै भ्रष्टाचार हुँदा अन्तिम निर्णायक भनेको सर्वोच्च अदालत भएको भन्दै उनले न्यायलयभित्र कार्यपालिकाले नांगो हस्तक्षेप गरेको आरोप लगाए । न्यायालयमा भ्रष्टाचार हुने यो अदालतको बारेमा जनताहरुले बुझ्न लागेको बेला नेताहरु डराएर यस्तो कदम चालेको उनको भनाई थियो । विश्वका सबै जनताले विश्वास गरेको न्यायपालिका आस्थाको धरोहरलाई भ्रष्टाचारको आरोप लगाएर बन्धक बनाएको उनले आरोप लगाए ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





