कमल थापाले भन्दा अघि राप्रपा किन छाडे शाहले ?
काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्नुभन्दा अघि नै पार्टीका पूर्व केन्द्रीय सदस्य सकुल शाहले पार्टी छोडेका छन् । उनले पार्टीमा अब समस्या आउने भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
‘पार्टीमा यस्तो समस्या आउँछ भन्ने मैले पहिले नै अनुमान लगाएको थिँए, जे भनेको थिँए त्यही भयो’ उनले भने ‘राप्रपा अध्यक्ष लिङ्देन र भर्खरैमात्र अर्को पार्टीको अध्यक्ष बनेका कमल थापा दुवैजना उस्तै हुन्, उनीहरु एजेण्डाको लागि राजनीति गर्दैनन् ।’ शाहले दुवैजनाको एजेण्डा र पार्टीको लाइन झट्ट सुन्दा राम्रो भए पनि उनीहरु एजेण्डाविहीन र गन्तव्यविहीन भइसकेको आरोप लगाए । शाहले २०६६ सालबाट पार्टीमा सक्रिय भएर राजनीति गरेका थिए । शाहले आफूले पार्टीको लागि धेरै श्रम र पसिना बगाए पनि त्यसको सम्बोधन हुन नसकेको र पार्टीले सही दिशा लिन नसकेको पनि स्पष्ट पारेका छन् । उनले राप्रपा र थापा फेरि पनि अध्यक्ष भएको पार्टी राप्रपा नेपालको एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था नै हो भने ‘श्रीमान गम्भीर नेपाली’ राष्ट्रिय गान गाउनुपर्ने सुझाव दिएका छन् । शाहले यो राष्ट्रिय गानले मात्र वास्तवमा नेपाल र नेपालीको भावनाको सम्बोधन गर्ने पनि जनाए । गत पौष २७ गते परेको राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा पनि पुरानै राष्ट्रिय गान गाइएको थियो । सिद्धपुरी अभियान काठमाडौं जिल्ला समितिको त्यो कार्यक्रममा शाह पनि सहभागी थिए । शाह अभियानका केन्द्रीय अध्यक्ष हुन् ।
शाहले लिङ्देन र थापा दुवैले जनताको भावना र कार्यकर्ताको सपनामाथि प्रहार गरेको भन्दै आएका छन् । ‘पार्टीमा अहिले चरम विवाद सुरु भइसकेको छ, यो लडाइले कसैलाई पनि फाइदा गर्दैन, अन्तिममा पार्टी कमजोर नै हुने हो’ शाहले थपे ‘ लिङ्देनले पनि थापालाई समेटेर लानु पर्दथ्यो त्यो खुवी देखिएन, थापालाई राप्रपामा अवमूल्यन गर्नु लिङ्देनको कमजोरी हो ।’ शाहले थापा र केही अन्य नेताले राप्रपा छोड्नु स्वाभाविक भएको बताए । उनले राप्रपामा भोलिका दिनमा अझै ठूलो खतरा आउन सक्ने भन्दै आजैबाट सचेत रहन पनि नेतृत्वलाई आग्रह गरेका छन् । शाहले राजनीतिबाट सन्यास लिएर अब अभियानलाई नै अघि बढाउने जनाएका छन् ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





