समयमै स्थानीय तहको निर्वाचन गर्नु पर्नेमा डा. भीम रावलको जोड
काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकोेले सोहीअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने, “हामीले संविधान र ऐन निर्माण गर्दा स्थानीय तहको निर्वाचन गर्ने कुरा गरेका छौं, हामीले यस (स्थानीय तह) ले पाँच वर्ष अवधि पूरा गरेपछि निर्वाचन गर्ने कुरामा सहमति जनाएका हौं । यो निर्वाचनमा जाने कुरामा कानून र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । मलाई लाग्छ–लोकतन्त्रमा विश्वास गर्ने नेपालीहरुको धारणा त्यही नै छ ।”
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सांसदसमेत रहेका नेता रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति पनि विरोध जनाए । उनले भने,“अर्को कुरा, संसद् अवरुद्ध भएको कुरा ऋषिजीले यहाँ उठाउनुभएको छ, मैले बारम्बार भनेको छु कि प्रतिनिधिसभा भनेको देश र जनताको बारेमा जनप्रतिनिधिहरुले बोल्ने र सरकारलाई झकझकाउने महत्वपूर्ण थलो हो । सरकारका सबै कामकाबारहीहरु खुरुखुरु गर्न दिने, अनि संसद् अवरुद्ध भन्ने ? यो संसद् अवरुद्ध भन्दापनि यसले सांसदहरु अवरुद्ध भएका छन् भनेको छु ।”
नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा रावलले जोड दिए । उनले भने,“हामी संवेदशीनल भ–ूराजनीतिक अवस्थामा छौं । हाम्रो देश कुनैपनि शक्ति राष्ट्रसँग जान मिल्दैन् ।” रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । प्रधानमन्त्रीले वा दलका नेताहरुले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने पनि उनको टिप्पणी छ । उनले आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि जनाए ।
उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराईएको पनि स्पष्ट पारे । उनले भने,“जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ। बास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछिमात्रै मैले थाहा पाएको हुँ ।”
उनले एमसीसीको बारेमा आज प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि उनले स्पष्ट पारेका छन् ।
ताजा
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





