अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तो
काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाडौमा बहुतले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ ।
उपत्यकामा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताए । उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोेजना निर्माण गर्न ईच्छुक स्थानीय तह, सरकारी तथा गैर–सरकारी संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नुपर्ने जनाइएको छ । कोषले यही माघ ७ गते सूचना प्रकाशित गरेको हो । काठमाडौंका थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।
प्रस्ताव पेश गर्नका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नवीकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





