ओमिक्रोन कहरः प्रभावित हुन थाले सार्वजनिक सेवा

२०७८ माघ १० गते, सोमबार

बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्टओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् ।

मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए ।

अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए । मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ । मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन् । यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन । कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताए ।

“लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उनले भने, “अरु नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ ।” उनले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताउनुभयो । सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ । कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ ।

बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने भएका छन् । आइतबार÷सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, मङ्गलबार÷बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका, बिहीबार÷शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ ।

यस्तै बुर्तिबाङमा रहेको इलाका प्रशासन, मालपोत र नापी कार्यालयले आइतबार÷सोमबार ढोरपाटन नगरपालिका, मङ्गलबार÷बुधबार निसीखोला गाउँपालिका, बिहीबार÷शुक्रबार बडिगाड र तमानखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।

तालिकामा उल्लेख गरिएकाबाहेक अन्य स्थानीय तहका सेवाग्राहीलाई सबै दिन सेवा दिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आज जारी गरेको आदेशमा सो कुरा उल्लेख छ ।

प्रजिअ ढकालका अनुसार महामारीसँग जुध्न सोमबार मध्यरातदेखि लागू हुने गरी थप नियम र मापदण्ड तोकिएको हो । मानिस भेला भएर गरिने सबैखाले कार्यक्रम, सभा, सम्मेलन माघ मसान्तसम्म गर्न नपाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजापाठ मात्र गर्न पाइने नियम तोकिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक जात्रा, अनुष्ठान आदिमा पनि २५ भन्दा बढी सहभागी हुन नपाइने गरी मापदण्ड तोकिएको छ । होटल तथा रेष्टुराँमा पनि मङ्गलबारदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीले खोप कार्डका आधारमा मात्र सेवा लिन पाउनेछन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लामा हाल ३३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । आइतबार मात्र ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । (रासस)

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal