ज्याकलिनले दिइन् यस्तो चेतावनी

२०७८ पुष २५ गते, आईतवार

कठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यही परिप्रेक्ष्यमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् ।

‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’ ज्याकलिनले लेखेकी छन् । ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा छिन् ।

उनले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंहरुबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्बिर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु’, उनले लेखेकी छन् ।

ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाएकी छन् । ज्याकलिनले अनुसन्धान अधिकारीहरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको बयान दिएकी थिइन् ।

सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट बाहिर निकाल्ने प्रलोभन देखाउँदै उनको परिवारबाट दुई सय करोड रुपैंयाँ असुलेका थिए । (एजेन्सी)

242 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal