१४ जिल्लामा एमालेको सर्बसम्मत नेतृत्व चयन

२०७८ पुष २५ गते, आईतवार

काठमाडौं । एमाले जिल्ला अधिवेशन अन्तर्गत १४ जिल्लासहित १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको छ । नेकपा एमालेले १४ जिल्ला २ गैरभौगोलिक क्षेत्र गरी १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन गरेको हो ।

सर्वसम्मत चयन भएका १४ जिल्लामा झापा, मोरङ, धादिङ, खोटाङ, भक्तपुर, काभ्रे, गुल्मी, पाल्पा, बाँके, बर्दिया, अर्घाखाँची, दाङ, डोल्पा र सल्यान रहेका छन् । जसअनुसार झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धादिङमा भूमि त्रिपाठी, काभ्रेमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा र पाल्पामा धनेन्द्रराज घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मतकुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द पुन मगर जिल्ला अध्यक्ष्ँमा सर्वसम्मत चयन भएका छन् ।

गैरभौगोलिक क्षेत्रअन्तर्गत मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल निवरिोध अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal