मन्त्री आलेको अर्को प्रशंसीय कामः नारायणहिटीभित्र रेष्टुरेन्टको संरचना भत्काइयो

२०७८ पुष २३ गते, शुक्रबार

काठमाडौं । नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काइएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए । शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।
‘मैले तीन दिनभित्र सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेले भने ।
मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal