प्रधानमन्त्री देउवालाई नै राष्ट्रघातीः ज्ञानेन्द्र शाही

२०७८ पुष १४ गते, बुधबार

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री देउवालाई नै राष्ट्रघातीको संज्ञा दिए ।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा एमसीसी राष्ट्रघाती नरहेको र यसलाई पास गर्नुपर्ने धारणा राखेका थिए । त्यसको भोेलिपल्ट शाहीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री देउवाको अभिव्यक्तिको विरोध गरेका हुन् ।
शाहीले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पढ्दै नपढी विरोध गरिएको भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाए । उनले बरु प्रधानमन्त्री देउवाले चाहीँ सम्झौता नपढेको जिकिर गरे । उनले भने,‘हाम्रो बाजे प्रधानमन्त्री देउवाले यो एमसीसी सम्झौता पढेको छैन भन्नुभयो, यो सम्झौता ७७ पृष्ठ लामो छ । ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ । नेपालका धेरै नागरिकले पढ्नुभएको छ । बरु, उहाँले पढ्नुभएको छैन ।’
प्रधानमन्त्री देउवाले सम्झौतामा राष्ट्रघाती कहाँ छ ? भनेको उल्लेख गर्दै शाहीले सम्झौताका दफाहरुसमेत सार्वजनिक गरेका छन् । र, ती दफा नेपालको हितमा नरहेको उनको जिकिर छ । उनले सम्झौताको दफा ६.८ नेपालको हितमा नभएको सुनाए । उक्त दफामा नेपालको कानून लाग्दैन भनिएको शाहीले सुनाए ।
त्यस्तै, धारा ३ को दफा ३–२ को च पनि नेपालको हितमा नरहेको सुनाए । उनले उक्त धारामा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुने कुरा उल्लेख गरिएको जनाए । त्यस्तै, धारा ३ को ८ (क) मा परियोजनाको लेखापरीक्षण अमेरिकाले मात्रै गर्नसक्ने कुरा लेखिएको पनि उनले उल्लेख गरे । धारा ५ को ‘क’ र ‘ख’ अमेरिकाले चाहेको बेला यो सम्झौता जुनसुकै बेला खारेज गर्नसकिने कुरा राखेको र यो पनि नेपालको हितमा नरहेको शाहीले दाबी गरे ।
प्रधानमन्त्री देउवाले आफूले हेर्दा सम्झौतामा राष्ट्रघात कहीँ पनि नदेखेको कुरा उल्लेख गर्दै शाहीले प्रधानमन्त्री देउवा नै राष्ट्रघाती नेता भएको गम्भीर आरोप लगाए ।
कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सन्धि गर्दा देउवाको महत्वपूर्ण भूमिका रहेको पनि उनले सुनाए । त्यस्तै, उनले ६० लाख भारतीयहरुलाई नेपाली नागरिकता वितरण गर्ने काममा पनि देउवा मुछिएको बताए । उनले भने,‘महाकाली सन्धी त तपाईले नै गरेको हो । प्रधानमन्त्री देउवाज्यू, तपाईं राष्ट्रघाती हो । तपाईँको भरोसा छैन् । हिजोपनि राष्ट्रघाती काम गर्नुभयो, आजपनि गर्न खोज्दैहुनुहुन्छ, तर हामी गर्न दिँदैनौं ।’
उनले वल्र्ड बैंक र एडिबीमा अन्तर्राष्ट्रिय कानून लाग्ने तर, एमसीसीमा अन्तर्राष्ट्रिय कानुन नलाग्ने स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीज्यूले एडिबी र वल्र्ड बैंकबाट ऋ०ा लिएको कुरा गर्नुभयो, अनि यो अुनदान किन नलिने ? भन्नुभयो । तर, म भन्छु एडिबी र वल्र्ड बैंकमा अन्तर्राष्ट्रिय कानून लाग्छ । एमसीसीमा लाग्दैन नि, देश बेच्ने अधिकार तपाईँलाई छैन् । एमसीसी, वल्र्ड बैंक र एडिबी फरक कुरा हो । एमसीसीले नेपालको कानून मान्छु भनेर कहाँ भनिएको छ ?’
उनले नेपालीहरु वीर गोरखालीको सन्तान भएको उल्लेख गर्दै आफूहरु भिखारीको सन्तान नभएको पनि स्पष्ट पारे । उनले भने–‘हामी भिखारीको सन्तान होईनौं । कसैले दिएको भीख लिँदैनौं । परिश्रम गरेर आफ्नो गुजारा चलाउँछौं ।’ उनले देश बनाउनको लागि नेपालभित्रै भएका ठूला ठूला घोटाला र कर छलीको घट्ना उल्लेख गर्दै त्यसबाट पैसा उठाउन पनि आग्रह गरेका छन् ।
उनले भने,‘६२ अर्ब एनसेलबाट उठाउनुहोस । फारेजी घोटालाबाट १२ अर्ब उठाउनुहोस । ठूलो व्यवसायीहरुबाट ३२ अर्ब विद्युत महशुल उठाउनुहोस । ठूला करदाताबाट ३५ अर्ब बाँकी छ, त्यो पनि उठाउनुहोस । वाईडबडीबाट ४ अर्ब प्लस छ, त्यो पनि उठाउनुहोस । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन हेर्नुहोस, कति बेरुजी छ ? त्यो बेरुजुबाट उठाउनुहोस । मेलम्चीमा २ अर्ब भ्रष्टाचार भएको छ, त्यो पनि उठाउनुहोस । भिआईपीको खर्च १० अर्ब रकम खर्च भएको छ, त्यो हेर्नुहोस । लाउडा काण्डमा २ अर्ब, धमिजा काण्ड छ, सांसद किनबेच, सांसदलई प्राडो दिनुभयो, त्यो पैसा उठाउनुहोस ।’

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal