सह–महामन्त्री भएपछि के गर्छु भन्छन् उमाकान्त चौधरी ?
काठमाडौं । नेपाली कांग्रेसको चलिरहेको १४औं महाधिवेशनमा मन्त्री उमाकान्त चौधरीले थारु कोटामा सह–महामन्त्रीको उम्मेदवारी दिएका छन् ।
खानेपानीमन्त्री समेत रहेका उनी कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । उनले २०७४ को प्रतिनिधिसभाको निर्वाचन बाराबाट जितेका हुन् । विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी जनताको माझ निकै लोकप्रिय छन् । ‘पार्टी अब युवाले हाँक्छन् म पनि युवा जोश र जाँगरले भरिपूर्ण छु त्यसैले पनि पार्टीको प्रमुख भूमिकामा पुग्नु जरुरी छ’ उनले भने ‘पार्टीलाई गतिशील र जुझारु बनाउने मसँग प्रशस्तै योजना छन् ।’ उनी कांग्रेसको पक्षमा माहौल राम्रो भएकाले पनि पार्टीले आगामी दिनमा थप जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउँछन् ।
उनी २ नम्बर प्रदेशको मात्र होइन केन्द्रको राजनीतिमा नै चर्चित व्यक्तित्व हुन् । २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी २०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने । २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । २०६२÷०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर भएर नै काम गरे । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । उनको जितको यात्रा कहिल्यै पनि रोकिएन । २०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनमा झन् जिम्मेवारी बढ्दै गयो ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वाथ्य तथा जनसंख्या मन्त्री, २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित, २०७२ को १३ औं महाधिवेशनमा पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा कृष्णप्रसाद सिटौला समूहबाट प्रत्यासी बनेका चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरियो ।
उनी अहिले खानेपानीमन्त्री छन् । मन्त्री हुनेबित्तिकै देशभरको खानेपानीको अवस्था के छ भनेर बुझ्न जिल्ला दौडाहामा निस्केका छन् । ‘खानेपानी नपाएर कोही नछटपटाओस् भन्ने हो, देख्दा विषय सामान्य भए पनि इस्यू गम्भीर हो ’ उनले भने ‘ सबै जनतालाई स्वच्छ र सुलभ खानेपानी पुर्याउने मेरो योजना हो ।’
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





