महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गर्नुहोसः थापा

२०७८ मंसिर ६ गते, सोमबार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने उनको भनाइ छ ।
‘आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु,’ थापाको अपीलमा उल्लेख छ ।
आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिने थापाको भनाइ छ । ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुनेछ। तपाईं निर्णय पार्टीको सर्वोत्तम हित र नव निर्माणका लागि हुने छ भन्नेमा विश्वस्त छु,’ थापाले भने ।
परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुने उनले बताए । ‘सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ । तर, इतिहासलाई सिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन। परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ,’ उनले भने ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal