कोरोना खोप नलगाएकालाई लक्षित गरी अष्ट्रियामा लकडाउन

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौं । कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका करिब दुई लाख नागरिकहरुलाई लक्षित गरी युरोपेली देश अष्ट्रियामा आजबाट लकडाउन सुरु गरिएको छ ।
यस निर्णयअनुसार कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाउने छैनन् । अर्थात् १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छैनन् । पहिलो डोज लगाएकाहरु पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ ।
अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शेलेनवर्गले भनेका छन्, ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दुर्भाग्यवस यो आवश्यक छ ।’ अष्ट्रियामा पश्चिम युरोपमा कोरोनाविरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ । अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal