मेयर विद्यासुन्दर शाक्यबाट सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’को शुभ मुहूर्त

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । चस्मति सँकिपास् प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको छ। मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ।
सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ। जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध ुप्रतिरोधु गर्छिन्। ुसिलु म्येु त्यही प्रतिरोधको गीतिकथा हो।
सिलु तिर्थ गएर फर्किएका महिला पात्रलाई व्यभिचारी राजाले सिपाहीहरु पठाएर अपहरण गरी दरबार लैजान्छ। त्यस क्रममा राजाले पठाएको तारी स्वाँ ९फूल० महिलालाई दिइन्छ। विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ। महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन्।
दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन्। तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन्। त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन्। र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन्। त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन्।
यहि कथाको सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको ुसिलु म्येु। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ।
उक्त फिल्मको शुभ मुहुर्तको लागि चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मिहरू पुगेका थिए । निर्माणपक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराउनु भएको थियो ।
इतिहासका अध्ययेताहरूका अनुसार परापुर्वकालदेखि गाउन सुरू गरिएको ुसिलु म्येु जयप्रकाश मल्लको शासन कालमा लिपिबद्ध भएको हो।
ुसिलु म्येु पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये ९गीतिकथा० ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ। यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन्।
फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनको हुनेछ। जुलग डंगोलको संगीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलको हुनेछ।
छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताउनुभएको छ। फिल्ममा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ। फिल्म चितलाङको गाउँ परिवेशमाआधारित रहनेछ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal