पोखराका एकसय बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश

२०७८ भाद्र २३ गते, बुधबार

पोखरा । पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइडस्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एकसय १० जनाले पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघका (ना) पूर्व अध्यक्ष एवम् अठारौ एशियनका खेलका पदक विजेता पर्यटन व्यवसायी योगेशबहादुर भटटराइर्, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी,टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पुर्व अन्तराष्टिय खेलाडी रामबहादुर ढकाल, लगायत विभिन्न संघ संस्था र व्यवासयमा आवद्ध पर्यटन व्यवसायीहरुले पार्टि प्रवेश गरेका हुन । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अविर टिका र फुलमाला लगाएर पार्टीमा स्वागत गनुभएको हो ।
पार्टी प्रवेश गरेका नाका अध्यक्ष भटटराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न तयार गरेका पुर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताउनुभयो । त्यसैगरी क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमाले बोकेका एजेण्टा त्यसलाई पुरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफुले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने बताउनुभयो ।
यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले यति ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठुलो टेवा पुग्ने छ ।’
पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रिय सचिव एवम गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री, गण्डकी प्रदेशका सांसद राजीव पहारी, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिती रहेको थियो ।

242 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal