‘महामारीमा मिडिया’ सार्वजनिक

२०७८ भाद्र १२ गते, शनिबार

काठमाडौं । कोभिड(१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ।
सेन्टर फर मिडिया रिसर्च ( नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।
रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ । रिपोर्ट अनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको थियो।
कोभिड १९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ। आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ । संकटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकहरूको भनाइ छ ।
रिपोर्टले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्व तयारी नभएको र त्यसोहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।
मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नविकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यस भन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा संघ, प्रदेश र स्थानीय तहले विपद्मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यवसायिक आमसञ्चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।
यस्तै, आमसञ्चार माध्यमहरूले कुनै पनि बेला विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार तथा कर्मचारीहरूलाई आवश्यक पूर्व तयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ । साथै पत्रकार र कर्मचारीलाई सहयोग र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव पनि उल्लेख गरिएको छ । रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्चालक, पत्रकार सहित १४६ जनासँग अन्तर्वार्ता लिइएको थियो ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नु परेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताउनुभयो ।
प्रदेशगत अध्ययन २०७७ साल मंसिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चार माध्यम, पत्रकार, पत्रकारका संघसंगठन लगायतले निर्वाह गर्नु भूमिकाबारे सुझाव दिइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड(१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताउनुभयो । संकटका बेला पनि नेपाली पत्रकारिता क्षेत्रले जिम्मेवार रुपमा सूचना प्रवाह गरेकोमा प्रशंसा गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन तत्कालिन र दीर्धकालिन रणनीतिका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
फेडरिक इवर्ट स्टिफटुङ्ग ९एफइएस० नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड(१९ का कारण मिडियाको चक्र र व्यवसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै संकटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताउनु भएको थियो ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal