मजदुर एकता समाज मलेसियाको पहिलो अधिबेशन सम्पन्न, अध्यक्षमा अर्जुन सिंह अनुरागी

२०७८ श्रावण ३१ गते, आईतवार

रमेश मल्ल (मलेसिया)
मलेसिया । मजदुरका लागि मजदुर मुल नाराक साथ नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलो अधिबेशन सम्पन्न भएको छ। आईतबार मलेसिया समय अनुसार दिउँसो १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्किको प्रमुख आथित्यता, नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम मोति श्रीसको बिशिस्ट आथित्यतामा भर्चुअल माध्यमबाट अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनले अर्जुन सिंह अनुरागिको अध्यक्षतामा नयाँ समिती चयन भएको छ भने उमेद्वारी नपरेका केही पद बाकि रहेको र बाकि रहेका पदमा नया समितिले चयन गरेर जाने गरि तयारी गरिएको छ। निर्वाचन समिति संयोजक तिलोचन गौतमले घोषणा गरेको समितीको,उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंग बहादुर मुक्तान,सचीवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ,सह कोसाध्यक्षमा प्रेम बिस्ट अन्जान,सञ्चार बिभाग प्रमुखमा भिम लुहार रहनुभएको छ। त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्कीले बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसंग सहकार्य गरेर कटिबद्ध भई लागि पर्न अनुरोध गर्नुभयो । बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम मोति श्रीसले पछिल्लो समयमा मलेसियामा अत्यधिक कोरोना महामारी बढिरहेको र हालसम्म १०० जना बढि नेपालीले ज्यान गुमाएको दुखत खबर सुनाउदै यसबाट बच्ने उचित उपाय भ्याक्सिन नै भएको हुदा सबैलाई खोप लिन र सरकाले जारी गरेको SOP अनिवार्य पालना गर्न अनुरोध गर्नुभयो साथै श्रमिकको समस्या समाधानमा दुताबासका तर्फबाट हुने सहयोग सदैब हुने र सहकार्य गरेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।
नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान बरिस्ठ उपाध्यक्ष अर्जुन सींह अनुरागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै NRNA जोहोर मलेसिया अध्यक्ष हरि बहादुर बस्नेत, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का गैर आवसिय नेपाली संघ NRNA मलेसियाका महासचिव रन्जित कुमार क्षेत्रि,सुदुर पश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष तुलाराम धामी,सुदुर पश्चिमेली नेपाली समाज जोहोरका अध्यक्ष तिलक चन्द ठकुरी,नेपाली मजदुर एकता समाज केन्द्रिय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेल नेपाली मजदुर एकता समाज कोरिया संयोजक निकेश आले,ब्राजिल संयोजक तथा संचार बिभाग प्रमुख लेखा राना प्रिया, पत्रकार तिलोचन गौतम, भिम लुहार नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतका बक्ताहरु श्रमिकको समस्या समाधानमा सदैव अगाडि बढ्न र जुनसुकै बेला आफुहरु समेत सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।
यसैबीच अध्यक्ष पदमा चयन हुनुभएको अर्जुन सिंह अनुरागीले सबैको सुझाव सल्लाह र सहयोगमा मलेसियाका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर मलेसियामा दुःखमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने प्रकिवद्धता ब्यक्त गर्नु भएको छ । साथै उहाले समस्यामा रहेका श्रमिकहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने र मलेसियाका विभिन्न क्षेत्रमा सम्भावना भए पाक्षीक रुपमा नभए मासिक रुपमा भएपनि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताउनु भएको छ।
नयाँ कार्य समिति चयन भएपछि नया कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नयाँ समितिले पनि बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसंग सहकार्य गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । साथै उहाले आफु जुनसुकै परिस्थितिमा भए पनि नैतिक भौतीक आर्थिक हिसाबले नेपाली श्रमिकको पक्षमा गर्न सक्ने सहयोग सदैव गर्न तयार रहेको बताउनु भयो ।
मजदुरका लागि मजदुर भन्ने मुल नारा, उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धता सहित नेपाली मजदुर एकता समाज दुई बर्ष अगाडी स्थापना भएको संस्थाको मलेसिया समितिको पहिलो अधिबेशनको सञ्चालन नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले गर्नुभएको थियो ।

263 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal