प्रधानमन्त्रीज्यू हजुर मस्त निद्रामा हो ?

२०७८ श्रावण २२ गते, शुक्रबार

रोशन ज्ञवाली
विश्व अहिले कोरोना महामारीको संकटमा छ । विश्वमा लगभग ५० औं लाखले यस महामारीबाट ज्यान गुमाई सके । चिनबाट फैलिएको यो महामारी विश्वको लगभग सबै ठाउँमा पुगिसकेको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा यही कोरोना भाईरसका कारणले नौ हजार भन्दा बढी व्यक्तिहरुको ज्यान गइसकेको अवस्था छ । यही स्थिति हुने हो भने आउँदो दशैंसम्म १३ हजारले ज्यान गुमाउनु पर्ने अवस्था छ ।
यस्तो स्थितिमा आफ्नै देशमा सरकारले रोजगार दिन सकेको छैन । अरु त अरु विदेशिने युवाका लागि कोरोना खोपको प्रमाणपत्र पनि सहज र व्यवस्थित ढङ्गले वितरण गर्न सकेको छैन । खोप लगाएको प्रमाणपत्र लिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिनहुँ सर्वसाधारणको भीड जो कोहीले पनि देख्न सक्छ ।
हे सरकार ! कमसे कम बाहिर जानेहरुलाई अलिकति राम्रो व्यवस्था मिलाइदिए के हुन्छ ? बाहिर गएकाहरुले नै यो नेपाल चलेको छ होइन र ? त्यो दिमागमा लिए के हुन्छ ? बरु यहाँ नेपालमा बसेका नेपालीहरुले १–२ दिन पछि खोप लगाउँला केही हुन्न ? तर ती विचाराहरु आफ्नो बुढी, नानी र बा र आमा छोडेर यो टन्टलापुर घाममा विहानैदेखि लाइन लागेर बसेका छन् । त्यसको लागि छिटो छिटो भन्दा एकदम सरल तरिकाले कोरोनाको प्रमाण पत्र दिलाए के जान्छ र ? जति छिटो तिनीहरु गए तपाईको सरकारलाई नै फाइदा होइन र रु
केपी ओलीको सरकार आए पनि त्यही, शेरबहादुर देउवाको सरकार आए पनि त्यही भन्न थालिसके भीडमा उपस्थित भएका सर्वसाधारहरु । यस्तो लाग्छ भीड हेर्दा जुलुसजस्तो देखिन्छ, युवाहरू आक्रोशित भएर नारा लगाउनुपर्ने अवस्थामा पुगिसकेका छन् । प्रमाणपत्रका लागि कोही तिन दिनदेखि धाइरहेका छन् । धाउँदा–धाउँदा काम नबनेपछि केही युवाहरू रित्तै हात घर फर्किएका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएको पनि आज २४ दिन भइसकेको छ । उनले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवाले एकातिर पार्टीभित्रको समीकरण मिलाउन सकेका छैनन् भने अर्कातिर सत्ता गठबन्धनबीच आपसी समझदारी नहुँदा अन्यौलता झनै बढ्दै गएको छ ।
आजबाट भेरोसिलको दोश्रो खोप वितरण गरिएको छ । काठमाडौं मित्रपार्क स्थित ७ नं. वडामा दोश्रो डोजको खोप लगाउन आम नागरिक विहान ५ बजेदेखि लाइन लागेर त्यहाँस्थित पशुपति कलेज अगाडि विहान ८ बजेसम्म लाइन चाबहिलस्थित अम्बे बिल्डिङ सम्म पुगेको थियो । विहान ५ बजेदेखि लाइनमा बसेका आम नागरिकको एउटै मात्र गुनासो थियो “यो दश बजे भन्दा ७ बजे खोलेर खोप लगाइ दिए के हुन्छ ?” अझै अर्को एक खोप पीडितले प्रतिप्रश्न गरे “प्रधानमन्त्री भएको २ दिनपछि उहाँ त २–४ डुल्नु भो खोपको लागि के छ भनेर ? यहाँ हजुरले सक्नुहुन्छ भने देखाइदिनुस न?”
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि जनताले केहीे आशा गरेका थिए । उनले संसद भवनमा मेरो पहिलो प्राथमिकता “खोप खोप खोप” मात्र मेरो लक्ष्य भनेको सबैलाई थाहा भएकै होला । तर जनता यसरी विहानैदेखि केही नखााई कुनै पनि वडा वा पालिकामा लाइन् बस्नु स्वाभाविक हो ?
अर्को एकदम जाय विषय बस्तु यो पनि हो कि प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि पनि ४ पटक प्रधानमन्त्री भइसकेकाले उनले गर्न चाहे धेरै सम्भव थियो तर गर्छन् कि गर्दैनन् भन्ने प्रश्न हो । देउवाको कार्यकाल पनि पटकपटक विवाद र आन्तरिक द्धन्द्धमा फस्दै आएको छ । उनले कहिले शासन राजालाई बुझाएका छन् भने कहिले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार हुने गरी काम गर्दै आएका छन् ।
अझै भन्नु पर्दा प्रधानमन्त्री देउवाले अहिलेसम्म कसैलाई पनि आफ्नो पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन् । यद्यपि बर्दियाका होनहार, जुझारु र केन्द्रीय सदस्य किशोर सिंह राठौर पनि मन्त्री बन्ने लगभग पक्कै भइसकेको छ । कांग्रेसमा पनि धेरै गुट भएकाले देउवाले सबैलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्न खोजेका छन् ।

424 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal