लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान
— सुष्मा सुब्बा लामा
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ । एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनलेकेही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो ।सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।
सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए । १४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो । जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए । समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।
यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ । जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोगर भोक सँगसँगै आउने र जाने प्रक्रियाहरुहुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।
खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास
अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ, छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीहरुसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ, राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।नेपाली जडिवुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिवुटीजन्य आयुर्वेद औषधीहरुको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरुपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरु हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरुपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।
बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित
कलिला बालबालिकाहरु १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगइ व्यवहार चल्दैन । उनीहरु विहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन्, र त्यो असर आफ्ना नानीहरुमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरु कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरुले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइ छोेड्यो । त्यसको असर सानानानीहरु एउटा वा दुईटा कोठामा बस्न बाध्य भए । अर्को दुख लाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरुलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरुले आफ्ना नानीहरुलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीहरुको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरुलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिकरुपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरु स्कुल जान पाउने वातावरण बनाउनुपर्छ, यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आमअभिभावक, विद्यालय व्यवस्थापक र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।
लकडाउनको हल्लाले आशभन्दा त्रास बढी
अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीताभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार विगार्ने औषधी र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ । जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भन्दा अरु रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन ब्याप्त छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्युनीकरण गर्ने अनेकन उपायहरु हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरु पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन्, हुन पनि उनीहरुसँग अरु उपाय हुँदैन । विश्वका विकसित देशहरुमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्युनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरु भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरुले माक्स लगाउनु नपर्ने कुरा आएको छ । चीनमा पनि कोभिड महामारीलाई लगभग न्युनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरु सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्युनीकरण गर्नेतर्फ केही काम गरिएन, फलस्वरुप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरुले भयाबह रुप लिने छ । र अन्ततः नेपाल फेलियर स्टेटमा रुपान्तरण हुने छ ।
(लामा, मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ ।)
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





