रोनाल्डोको नया कीर्तिमान

२०७८ असार १ गते, मंगलवार

काठमाण्डौ

यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।

पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् ।

त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसीप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् ।

461 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal