फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

एजेन्सी
करिम बेन्जामा
आफ्नै सहकर्मीलाई ब्ल्याकमेल गरेको आरोप लागेपछि करिम बेन्जामाको अन्तर्राष्ट्रिय करियर झन्डै टुंगिएको थियो । उनी टोली बाहिरै छँदा फ्रान्सले युरो २०१६ को फाइनल यात्रा गर्यो, विश्वकप २०१८ जित्यो । तर, यस्तो सफल टोलीबाट बाहिर रहनुपर्दा पनि बेन्जामाले हरेश मानेनन् । रियल म्याड्रिडका लागि क्लब स्तरमा उनको प्रदर्शन उत्कृष्ट नै रह्यो । जसकारण, अहिले ३३ वर्षको उमेरमा फेरि फ्रान्सको टोलीमा फर्किएका छन् ।

२०१४ को विश्वकप पछि उनले खेल्न लागेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता यहि हो । त्यस विश्वकपमा उनले ३ गोल गरेका थिए । तर, दाबेदार मानिएको फ्रान्सलाई क्वाटरफाइनलमा जर्मनीले १–० ले हरायो । रियल म्याड्रिडका यी स्टारलाई आज त्यस पीडादायी हारको बदला लिने अवसर छ । बेन्जामाले फ्रान्सका लागि ८३ खेलमा २७ गोल गरेका छन् ।

उनले क्लब फुटबलमा रियल म्याड्रिडका लागि ३ सय ८३ खेलमा १ सय ९२ गोल गरिसकेका छन् । बेन्जामा, एन्टोनियो ग्रिजम्यान र कालियन एमबाप्पे जस्ता आक्रामक खेलाडी सम्मिलित फ्रान्सको अग्रपंक्तिलाई प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट अग्रपंक्ति मानिएको छ ।

सर्जी जनाब्री
बार्यन म्युनिखका यी २५ वर्षीय फरवार्ड निकै तिव्र छन् । उनले छनोट चरणमा ८ गोल गरेका थिए । जर्मनीका लागि उनले अहिलेसम्म २२ खेलमा १६ गोल गरिसकेका छन् । सन् २०१७ यता ८८ खेल खेल्दै उनले बार्यनका लागि ३२ गोल गरेका छन् । उनले २०१७–१८ को सिजन १८९९ होफिनहेममा ऋणमा बिताएका थिए । त्यस्तै, जर्मनीका अनुभवी स्ट्राइकर थोमस मुलर पनि फ्रान्सको टाउको दुखाई बन्न सक्छन् । मुलरले जर्मनीका लागि १ सय २ खेलमा ३९ गोल गरिसकेका छन् ।

472 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal